News Portal

विश्व वातावरण दिवस धूमधामका साथ मनाइयो

रबिन्द्र बराल
१६८ पटक

मोरङ, जेठ २३ – कानेपोखरी–३ स्थित श्री शिक्षा सदन माध्यमिक विद्यालय, हरकपुरले विशेष कार्यक्रम गरी विश्व वातावरण दिवस २०२५ जुन ५ मनाएको छ।

‘प्लास्टिक प्रदूषण न्यूनीकरण, हामी सबैको दायित्व’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा LCWS का PMED–Manager सुमन राईले वातावरण दिवसको सन्दर्भमा प्लास्टिक प्रदूषण न्यूनीकरण सबैको साझा जिम्मेवारी भएको बताए। उनले जलवायु परिवर्तन, हरितगृह प्रभाव र विश्व उष्णीयकरणको मुख्य कारणहरूको बारेमा जानकारी दिँदै प्लास्टिक प्रदूषणले कार्बन उत्सर्जन बढाउने भएकाले यसको अन्त्य अत्यन्त आवश्यक रहेको स्पष्ट पारे।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघु टुडु, कानेपोखरी वडा नं. ३ का वडाध्यक्ष गोपाल बहादुर कार्की, विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद काफ्ले, वडासदस्य सरस्वती काफ्ले, LCWS का कर्मचारीहरू रोशन सोरेन, उमेश दनुवार, कमला राजवंशी, विद्यालयका शिक्षक–शिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले पृथ्वी नै बस्न लायक एक मात्र ग्रह भएकाले वातावरण संरक्षणप्रति सम्पूर्ण मानव जाति सचेत बन्नु अत्यावश्यक रहेको धारणा राखे।

कार्यक्रमको क्रममा २०२५ को वातावरण दिवसको महत्व तथा यस वर्षको मूल विषयवस्तुमा अभिमुखीकरण, विद्यालय परिसरमा १५ वटा रुखको वृक्षारोपण, फोहोर संकलन तथा सरसफाइ कार्यक्रम, विद्यार्थी समूहबीचको क्विज प्रतियोगिता तथा पुरस्कार वितरणजस्ता विविध गतिविधिहरू सम्पन्न गरिएका थिए।

यस्तै, EAST–SD परियोजनाअन्तर्गत झापाको कमल गाउँपालिका–६ स्थित श्री पञ्चकन्या आधारभूत विद्यालय, गौरादह नगरपालिका–६ स्थित श्री भद्रकाली माध्यमिक विद्यालय, र रतुवामाई नगरपालिका–५, लेटी गोविन्दपुरस्थित श्री माध्यमिक विद्यालयमा समेत वातावरण दिवसका अवसरमा कार्यक्रमहरू सम्पन्न गरिएका थिए।

मोरङ र झापाका पाँच विद्यालयहरूमा सञ्चालन गरिएका यी कार्यक्रमहरूमा LWF Nepal, NELC, ALWS, Australian Aid र ELCA को सहयोग रहेको थियो। यस्ता कार्यक्रमहरूले वातावरण संरक्षणप्रति स्थानीय समुदाय र विद्यालयहरूको साझा प्रतिबद्धता दर्शाएको सहभागीहरूको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...