News Portal

शक्ति र सत्ताको खेल : संसद् खोल्ने निर्णयको पछाडि दबाबको राजनीति?

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौं, जेठ २२ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले माओवादी केन्द्र संसद् खोल्न बाध्य भएको पछाडि दलका उपाध्यक्ष अग्नि सापकोटामाथि पर्ने सम्भावित कारबाहीको त्रास रहेको आरोप लगाएका छन्।

शाहीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै माओवादी केन्द्रले संसद् सञ्चालन गर्न तयार भएको निर्णय पूर्वसभामुख तथा उपाध्यक्ष सापकोटालाई जोगाउन गरिएको दाबी गरेका हुन्।

उनले लेखेका छन्, “माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा पक्राउ पर्ने डरले संसद् खोल्न तयार भएको देखिन्छ। गृहमन्त्री रमेश लेखक र उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठबीचको भेटघाट, गृहमन्त्रीको भिजिट भिसा प्रकरणमा उन्मुक्ति दिन खोजिएको प्रयास, र सापकोटा तथा सांसद सूर्यमान दोङलाई कारबाही नगर्ने सहमति—यिनै घटनाहरूबाट स्पष्ट हुन्छ कि संसद् खोल्ने निर्णय दबाबको परिणाम हो।”

शाहीका अनुसार माओवादीले गृहमन्त्रीको राजीनामाको मागसमेत फिर्ता लिएर सत्ता र शक्तिको खेलमा आफैंलाई सुरक्षित गर्ने रणनीति बनाएको देखिन्छ।

“शक्ति र सत्ता कसरी चल्छ भन्ने यो ठोस उदाहरण हो,” उनले लेखेका छन्, “अब समय आएको छ, व्यवस्थामा संरचनात्मक सुधार नगरी यस्तो प्रवृत्ति रोकिँदैन।”

राजनीतिक वृत्तमा शाहीको अभिव्यक्तिलाई माओवादीमाथि गम्भीर आरोपको रूपमा हेरिएको छ। संसद् सञ्चालनका पछाडि सत्ता संरक्षणको समीकरण लुकेको संकेत गर्दै उनले सत्ता पक्षलाई नैतिकताको ख्याल गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...