News Portal

चार करोड बढी ठगी प्रकरणमा एक महिला पक्राउ

हिमालीसंचार संवाददाता
२७१ पटक

काठमाडौं, जेठ २२ – चार करोड रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोपमा पिसी इन्फोटेककी सञ्चालक श्रुति रौनियारलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको विशेष टोलीले उनलाई बिहीबार बिहान राजधानीबाट नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि पर्सा जिल्ला पठाएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार रौनियारविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा बैंकिङ कसुरसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

उक्त प्रकरण धनुषा जिल्लास्थित रमण/विकास एन्ड ब्रदर्स जेभीका प्रतिनिधि अरुणकुमार शाहको उजुरीपछि सार्वजनिक भएको हो। शाहले चैत २२ गते जिल्ला प्रहरी कार्यालय पर्सामा रौनियारविरुद्ध लिखित जाहेरी दिएका थिए।

प्रहरीका अनुसार जाहेरीपछि चैत २६ गते जिल्ला अदालत पर्साबाट श्रुति रौनियारसहित दुई जनाविरुद्ध पक्राउ अनुमति जारी भएको थियो। त्यसलगत्तै सर्कुलरमार्फत खोजी सुरु गरिएकोमा उनी काठमाडौंबाट पक्राउ परेकी हुन्।

पर्साका डिएसपी किशोर लम्सालका अनुसार रौनियारमाथि चार करोड ३२ लाख रुपैयाँ ठगी गरेको आरोप छ। “उक्त रकम कसरी ठगी गरियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ,” लम्सालले बताए।

प्रहरीले घटनाको गम्भीरता र संलग्न व्यक्तिहरूको पृष्ठभूमिलाई ध्यानमा राख्दै थप अनुसन्धान अघि बढाइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...