News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • फेसबुकमा सुरु भएको विवाद कुटाकुटमा परिणत, १५ वर्षीय किशोरको निधन

    हिमालीसंचार संवाददाता
    ९२ पटक

    दाङ, जेठ २२ – तुलसीपुरमा दुई किशोरबीच सामान्य भनाभनले गम्भीर रूप लिँदा एक किशोरको ज्यान गएको छ। सामाजिक सञ्जाल ‘फेसबुक’मा सुरु भएको गालीगलौजले वास्तविक भेटमा झगडाको रूप लिँदा १५ वर्षीय एक किशोरको मृत्यु भएको हो।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार रुकुम पश्चिमको बाफीकोट गाउँपालिका घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८, दुधेनामा डेरा गरी बसेका बिराज गिरी र स्थानीय यज्ञ वलीबीच बेलुवा क्षेत्रमा हात हालाहाल भएको थियो।

    गत जेठ १९ गते साँझ साढे ५ बजे विद्यालयबाट फर्किने क्रममा बेलुवामा भेट भएका दुई किशोरबीच फेसबुकमा भएको भनाभनकै कारण वादविवाद चर्किएर हात हालाहाल भएको हो। घटनास्थलमा गिरीले पहिले वलीमाथि प्रहार गरेको र त्यसपछि वलीले दुई मुक्का प्रहार गरेको बयान प्रहरी समक्ष दिएका छन्।

    कुटाकुटपछि दुबै जना नजिकैको विद्यालयको क्यान्टिनमा गइ पानी पिएको र त्यसपछि बिराज गिरी अचानक लडेर अचेत भएका थिए।

    गम्भीर घाइते गिरीलाई तत्काल राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगन्जस्थित नर्सिङ होम लगिएको थियो। अस्पतालले उनलाई भेन्टिलेटरमा राखेर उपचार थालेको थियो। तर, उपचारकै क्रममा बिहीबार बिहान पौने ३ बजे गिरीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।

    गिरी यसअघि रुकुममै परीक्षा दिएर दाङ फर्किएका थिए, तर विद्यालयमा भर्ना प्रक्रिया भने पूरा भइसकेको थिएन। उनी श्री माध्यमिक विद्यालय दोघरेका विद्यार्थी थिए। वली पनि सोही विद्यालयको कक्षा ९ मा अध्ययनरत छन्।

    प्रहरीको प्रारम्भिक अनुसन्धानमा अनुसार गिरीको टाउकोमा गहिरो भित्री चोट लागेको शंका गरिएको छ, जसका कारण उनी अचेत भएका हुन्।

    फेसबुकमा सुरु भएको सामान्य गालीगलौजले यति गम्भीर मोड लिन पुग्ने भन्ने नसोचिएको अवस्थाको मार्मिक परिणतिले स्थानीयबासी स्तब्ध बनेका छन्।

    घटनापछि यज्ञ वली प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    सहकारी सचेतना तथा जागरण तालिम सम्पन्न

    मोरङ, जेठ २३ – रंगेलीमा स्थानीय तहमा सञ्चालन भइरहेका सहकारीहरूका लागि आवश्यक पर्ने विषयवस्तुमा केन्द्रित...

    रास्वपाको आरोप: “सभापति लामिछानेलाई काठमाडौं सार्न गृह मन्त्रालयकै चलखेलले अवरोध भयो”

    काठमाडौं, जेठ २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट राजधानीको...

    बिहे विवादले निम्त्यायो रगतको भेल : युवाद्वारा बुबा र छिमेकीको हत्या

    रुपन्देही, जेठ २३ – पश्चिम नवलपरासीको सुनवल नगरपालिका–२ अमरैयामा पारिवारिक विवादले भीषण रूप लिँदा एउटै...

    स्याङ्जामा ट्रक र स्कुटर ठोक्किँदा २४ वर्षीया युवतीको निधन

    स्याङ्जा, जेठ २३ – सिद्धार्थ राजमार्गमा शुक्रबार बिहान भएको एक दुःखद सवारी दुर्घटनामा परी २४...

    रंगेली प्रहरीले शान्ति सुरक्षामा चासो नदिएको आरोप, पुनः ट्रान्सफर्मर चोरी

    मोरङ, जेठ २३  — इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटी काठमाडौंबाट सरुवा भएर...