News Portal

राजसंस्था समर्थकहरूको भेलामा मनमुटाव, दोस्रो चरणको आन्दोलनबारे निर्णय नहुँदै कार्यक्रम विसर्जन

हिमालीसंचार संवाददाता
२७९ पटक

काठमाडौं, जेठ २१ – राजसंस्था पुनःस्थापनाको माग लिएर गठित संयुक्त जनआन्दोलन समितिले राजधानीमा आयोजना गरेको विशेष बैठकमा चर्काचर्की देखिएको छ। दोस्रो चरणको आन्दोलनको खाका सार्वजनिक गर्ने उद्देश्यले बोलाइएको उक्त बैठक कार्यकर्ताहरूको असन्तोषबीच निष्कर्षविहीन बनेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको अनुपस्थितिप्रति आक्रोशित भएका कार्यकर्ताहरूले कार्यक्रम सुरु हुनासाथ तीव्र असन्तुष्टि प्रकट गरे। आयोजकले लिङ्देन संसद्को काममा व्यस्त रहेको जानकारी गराएपछि बैठकस्थलमा नाराबाजी सुरु भयो। उपस्थित कार्यकर्ताहरूले “संसद् जाने हो भने आन्दोलन किन?” भन्ने प्रश्न उठाउँदै बैठकमा अवरोध सिर्जना गरे।

भेलाको वातावरण तनावग्रस्त बनेपछि राप्रपाका नेता कमल थापाले आक्रोशपूर्ण स्वरमा प्रतिक्रिया जनाए। उनले भने, “तपाईंहरू हल्ला गर्ने हो भने म चुप लाग्छु, जेसुकै गर्नुस्। यस्तो तरिकाले बैठक चल्दैन।”

त्यसपछि बैठक संयोजक नवराज सुवेदीले सबैलाई संयमित हुन आग्रह गर्दै समापन भाषण दिए। उनले भने, “तपाईंहरूको उत्साह, जाँगर र विचारप्रतिको निष्ठा देखेर म बुढो भए पनि भित्रबाट झन ऊर्जा प्राप्त भएको छु।” सुवेदीले निकट भविष्यमा थप कार्यक्रमहरूको तयारी भइरहेको जानकारी दिँदै आजको बैठक औपचारिक रूपमा समापन गरिएको घोषणा गरे।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...