News Portal

ललितपुरको ठैब क्षेत्रमा बिजुलीको पोल ढल्दा एकजनाको मृत्यु

हिमालीसंचार संवाददाता
२२५ पटक

ललितपुर, जेठ २१ — ललितपुरको गोदावरी नगरपालिका–१४ स्थित ठैब क्षेत्रमा सडक विस्तारका क्रममा भएको एक दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। स्थानीयवासी ५८ वर्षीय रमेश खड्गीको बिजुलीको पोल ढलेर मृत्यु भएको हो।

ठैबबाट सानागाउँतर्फको सडक फराकिलो बनाउने क्रममा प्रयोग गरिएको जेसीबीले बिजुलीको पोललाई छोएपछि पोल ढल्दा खड्गी गम्भीर घाइते भएका थिए। तत्कालै उद्दार गरिए पनि उनको घटनास्थलमै ज्यान गएको पुष्टि भएको छ।

दुर्घटनापछि ठैब क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले सडकमा टायर बालेर प्रदर्शन गरेका छन् भने सातदोबाटो–गोदावरी सडकखण्ड केही समयका लागि पूर्ण रूपमा अवरुद्ध भएको छ।

जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार दुर्घटनामा संलग्न जेसीबी चालकलाई नियन्त्रणमा लिइएको छ र घटनाबारे अनुसन्धान सुरु गरिएको छ।

मृतक रमेश खड्गी ठैबकै स्थायी बासिन्दा हुन्। स्थानीयले घटनाको जिम्मेवारी लिन सम्बन्धित निकायलाई माग गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

ड्रोन आक्रमणबाट कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य क्षति, अवस्था नियन्त्रणमा

कुवेत। कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएको घटनामा केही कर्मचारीहरू सामान्य रूपमा घाइते...

युवा शक्ति कुवेतद्वारा नेपाल मानव सेवा संस्थाका बालबालिकालाई सहयोग

काठमाडौँ — युवा शक्ति कुवेतको आयोजनामा नेपालस्थित नेपाल मानव सेवा संस्थामा आश्रित बालबालिकाहरूका लागि बिहानको...

प्रधानमन्त्रीलाई भेट्न नसकेपछि ‘प्रधानमन्त्री हराएको’ सूचना वितरण

काठमाडौं । जनआन्दोलनपछि प्रधानमन्त्री बनेका सुशील कार्कीलाई भेट्न नसकेपछि एक युवाले अनौठो तरिकाले असन्तुष्टि सार्वजनिक...

आज २०८२ साल फागुन १६ गतेको राशिफल

आज फागुन १६, २०८२ ( फेब्रुअरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सडक किनारमा वृद्धको शव फेला, सवारी दुर्घटनाको आशंका

विराटनगर, फागुन १५ – मोरङको सुन्दरहरैँचा नगरपालिका–७ ठडिया चोक नजिक पूर्व–पश्चिम राजमार्ग छेउमा एक वृद्ध...