News Portal

दुर्गा प्रसाईंसहित ३९ जनाको बयान सकियो, थुनछेक बहस सुरु — अब थुना या धरौटीको टुंगो लाग्ने चरणमा

हिमालीसंचार संवाददाता
१७५ पटक

काठमाडौं, जेठ २१ – तीनकुने घटनासँग जोडिएर पक्राउ परेका दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीहरूको बयान प्रक्रिया पूरा भइसकेको छ। बयान सकिएपछि अब उनीहरूलाई थुनामै राख्ने कि धरौटीमा रिहा गर्ने भन्ने विषयमा अदालतमा बहस सुरु भएको छ।

बुधबारदेखि काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुबराज कार्कीको इजलासमा थुनछेक बहस प्रारम्भ भएको हो। उक्त घटनामा संलग्न रहेको अभियोगमा ५० जनाविरुद्ध मुद्दा चलाइएको छ, जसमा हाल ३९ जना थुनामा रहेका छन्। बाँकी ११ जनालाई विभिन्न चरणमा धरौटीमा रिहा गरिएको छ।

सरकारविरुद्धको आपराधिक योजनामा संलग्न भएको आरोपमा थुनामा रहेका प्रतिवादीहरूलाई अब अदालतले थुनामै राख्ने कि पुर्पक्षका लागि धरौटीमा छाड्ने भन्ने निर्णय गर्नेछ। कानुनी प्रकृया अन्तिम चरणमा पुगेको संकेतस्वरूप थुनछेक बहसलाई निकै संवेदनशील रूपमा हेरिएको छ।

यता, चर्चित भाटभटेनी लुटपाट प्रकरणमा संलग्न ठहर गरिएका ११ जना प्रतिवादीलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ। उनीहरूको थुनछेक बहस जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेको इजलासमा सम्पन्न भएको थियो। सरकारी पक्षले उनीहरूविरुद्ध आपराधिक उपद्रवको अभियोग प्रस्तुत गरेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...