News Portal

  • कार्यक्षेत्रमा मारिएका सैनिकको परिवारले ७ वर्षसम्म पूरा तलब पाउने

    हिमाली संचार संवाददाता
    ५३२ पटक

    काठमाडौं -उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिकका परिवारलाई ७ वर्षसम्म पूरा पारिश्रमिक उपलब्ध गराउने व्यवस्थासहित सैनिक सेवा नियमावली, २०६९ लाई संशोधन गरिएको जानकारी गराएका छन् ।

    सोमबार सैनिक मुख्यालय भद्रकालीमा आयोजित वीरगति प्राप्त गरेका सैनिक परिवारको एक दिने कार्यशाला गोष्ठीमा बोल्दै उनले पीडित सैनिकका परिवारलाई राहत दिन सरकारले सैनिक सेवा नियमावली संशोधन गरेको पनि स्पष्ट पारे ।

    गत असार २० गते बसेको मन्त्रिपरिषद बैठकले संशोधन गरेको नियमावलीमा कार्य क्षेत्रमा खटिँदा मृत्यु भएका सैनिक जवानको एक तह स्वतः बढुवा गर्ने व्यवस्था पनि गरेको छ ।

    त्यसैगरी सैनिक जंगी कार्वाही वा सेना परिचालन भएका बेला आकस्मिक दुर्घटनामा परी अशक्त भएका सैनिकलाई एक तह बढुवा गर्ने व्यवस्था पनि गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले पीडित सैनिकका परिवारलाई सम्बोधन गर्न सरकार लागि परेको पनि बताए ।

    कर्तव्य पालनाको सिलसिलामा कुनै सैनिक वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा उसको परिवारले निवृत्तिभरण र उपदान पाउने व्यवस्था पनि संशोधित सैनिक सेवा नियमावलीमा गरिएको छ ।

    त्यसैगरी सरकारले वेपत्ता, अशक्त वा घाइते र मृत्यु भएमा सैनिकका छोराछोरीलाई शैक्षिक भत्ता उपलब्ध गराउने व्यवस्था पनि गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-२२ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २२ गते शनिबार इश्वी सन २०२४ मे ४...

    एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने सरकारको निर्णय

    बैशाख-२१, शुक्रबार/काठमाडौं –  नेपाल सरकारले हाल मुलुकमा चलन चल्तीका रुपमा रहेको रु. १०० रुपैयाँको नोटमा...

    दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

    बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि...

    रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

    बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध...

    पुराना सम्झनाहरु आज पनि ताजै लाग्छ

    काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो।...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal