काठमाण्डौ। ०४६ सालमा प्रजातन्त्र आएपछि पहिलो स्थानिय निर्वाचन ०४९ सालमा भयो। गाउँबस्ती सबै हराभरा थियो। गाउँमा कामको दुख्ख, बाटोघाटोको असुबिधा र पहाडी भेगमा मोटरेवल सुबिधा भन्ने कुरा सम्भब नै थिएन। प्रत्येक जिल्ला सदरमुकामबाट गाउँ जानु पर्दा गोरेटो बाटो पैदल हिड्नु बाहेक अरु उपाय थिएन। तर ति दिनहरु पनि अति नै रमाइलो थियो। हिड्दा बाटामा कैयन मानिसहरूसंगको भेटघाट, कुराकानी हूंदाका क्षणहरु आज पनि अति नै सुखद लाग्छ। एकछिनका भेटहरु जीवनभरका मित्र बन्न पुगेका ति सम्झनाहरु अतिनै प्रिय लाग्छ। २६ बर्ष अगाडीका मेरा अनुभवहरु आजै जस्तो लाग्छ।
मेरो कर्मभूमी काभ्रेपलाञ्चोक जिल्ला जहांबाट समाजसेवा र राजनिती दुबै एकैसाथ अगाडी बढ्यो। म काभ्रेको बुहारी भएर पनि मैले बृद्धदेखि बच्चा, यूवाहरुको दिदीको उपाधी पायं, त्यो प्रिय शब्द मलाई अतिनै प्यारो लाग्छ। बिद्यार्थी जिवन देखिको यात्रा समाज सेवा र राजनिती साथ-साथ अगाडी बढ्दै ग्रामिण क्षेत्रमा काम गर्ने अठोटले सार्थकता प्राप्त गर्यो।
०४८ सालबाट काभ्रेका ग्रामीण क्षेत्रहरुमा कामविशेषले मेरो पैदल यात्रा सुरु भयो। पहिलो पाइला भुगदेउ, पांगु हाल रोषी गाउँपालिका भनिन्छ। त्यहिबाट मेरो सामाजिक यात्रा सुरु भयो। ग्रामिण समस्या, त्यहाँको माग, खोलानाला, खहरेका सुस्केराहरुले मेरो अन्जान जिवनमा परिवर्तननै ल्याइदियो। त्यहाँका माग बम्मोजिम अगाडी बढ्दै जांदा एक सफल जीवनको अनुभव हांसिल भयो।
दोश्रो पाईला च्याम्ग्र्यागंबेसिमा पुग्यो। ०४९ सालको स्थानीय निर्वाचनमा सोही गाउँका समाजसेवी राम प्रसाद घिमिरे निर्विरोध गाबिस अध्यक्ष हुनुभएको थियो। ति दिनहरुसम्म मैले आफ्नो कामबारे सबै गाउँ पालिकाहरुमा पत्राचार गरेर जानकारी गराई सकेको थिए। सोहि अनुसार रामप्रसादजी अफिसमा आएर प्रस्ताव गर्नुभयो। र मलाई आफैले गाउँ लिएर जानुभयो। साथामा हामी जितबहादुर राउत, मेरो भतिज हरिचन्द्र थापा, भिमबहादुर अधिकारी थियौ। बिहान ७ बजेको हिडाई हामी बेलुका ७:३० मा घिमिरेजीको घर पुग्यौं। घरमा उहाँको बुबा मात्र हुनुहुथ्यो।
दिनभरि पहाडको उकाली, ओरालीको हिडाईले गोडा निकै सुन्निएका थिए। तर त्यसको महसुस भने कत्ति पनि भएन, धेरै आन्नदको नौलो अनुभब भैईरहेको थियो। घिमिरेको बुबाले अगेनामा आगो बालेर हामिलाई खाना बनाउँदै हुनुहुन्थ्यो। जितबहादुरजीले दिदि यो आगोमा अलिकति तेल लगाएर गोडा तताउनुहोस भोलीसम्म सुन्निएको ठिक हुन्छ। दाहालजीको बुबाले चेपोमा पेलेको तोरिको तेल ल्याएर दिदै नानी यो लगाउनुहोस अप्ठेरो मान्नु पर्दैन। सबैले त्यहि गर्यौ। भोलीपल्ट बिहान हामी जुन कामका लागी गएका थियौं। सोहि काममा निस्कियौ। सबैजना भेला भैईसक्नु भएको रहेछ। झोलुङ्गे पुलको माग थियो। स्थलगत अनुगमन गरेर सर्भे गर्नको लागि छिट्टै प्राविधिक पठाउने बचन दिएर हामी खाना खाएर अर्को गाउँ मिल्चे जान तयार भयौँ। तर पानी पर्न थालेकोले अब हिउ पर्छ, तपाईहरु जान सक्नूहुन्न भन्ने सबैको सुझाव अनुसार हामी त्यहिबाट भोलीपल्ट सबेरै फर्क्यौं।
धेरै उकालो चढ्नुपर्ने भएकोले हामि करिव ११ बजे तिर तत्कालीन ढुगंखर्क हालको बेथानचोकको गोवा भन्ज्याङ आईपुग्दा हिंउ पर्न सुरु भयो। मैले हिंउ परेको पहिलोपल्ट देखेको त्यहिं हो। मिल्चेका गाविस अध्यक्ष हस्तबहादुर घ्यावा र साल्धाराका अध्यक्ष गोपाल दलामी दाजुहरु दुबैजना भेट हुनुभयो। सबै कुरा भयो। उहाहरुको पनि सोहि माग थियो।
गोकर्ण अधिकारीसंग त्यही भेटभयो, त्यो हाम्रो पहिलो भेट थियो। त्याहां सबैसंग परिचय गराउनुभयो। राम प्रसाद घिमिरे दुई पटक गाबिस अध्यक्ष हुनुभयो उहांले आफ्नो कार्यकालमा दुई ओटा झोलुङ्गे पुल महिलाहरुको माग बम्मोजिम एउटा सहकारी/सामुदायिक भवनलगायत ग्रामिण आबस्यक्ताका धेरै काम गर्नू भएको छ।
तत्कालीन बेलाका सबै स्थानिय जनप्रतिनिधिहरुले सिमित श्रोत साधन, बजेटको अभाबमा पनि आफ्नै मिहिनेत, जनसहभागिता जुटाउदै, खानेपानी, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, बिजुली, खेलकूदका सामान जुटाउने सम्वन्धमा ठूलो योगदान पुर्याएका थिय। यसैलाई बहुदल आएपछिको पुर्वाधार मान्न सकिन्छ। यहां भन्न खोजिएको कुरा मात्र के हो भने पहिलाका जनप्रतिनिधिहरुमा जनताको काम र स्थानिय बिकाश आफैले गर्नुपर्छ, भन्ने दृढ इच्छा शक्ति राख्दथे। कुनै घमण्ड थिएन, जोस, जांगर थियो। यसरी मेरा यात्राहरु ११ बर्षसम्म निरन्तर अगाडी बढ्दै थियो। माओवादीको जन हिम्सा चरम उत्कर्षमा पुगेपछि ०५९ सालमा आएर स्थगित हुन पुग्यो। धेरै दुःख लाग्छ। २६ बर्ष अगाडिका ति दिनहरु सम्झदा अहिले पनि ताजै लाग्छ। काभ्रेले आफुलाई धेरै मायां, ममता, जोस, जांगर र मानसम्मान दियो। सांसद बनायो काभ्रेप्रति मेरो उच्च सम्मान छ। काभ्रेसंग मेरो बिषेश लगाब छ, आभारी छु। यसरी बिकाशका कामहरुमा हामिमा कुनै पार्टि बिषेश मनमुटाब थिएन। मिलेर काम गर्ने एउटै सोच थियो। तर आज त्यस्तो बिरलै पाईन्छ। सायद अहिले धेरै श्रोत साधन र सुबिधापूर्ण बजेट र सम्पन्नताले पनि होला।
हिजो आज समय, परिबेस धेरै परिबर्तन भयो। यो समयको माग हो। आज सुचना प्रविधि तिब्र गतिमा अगाडी बढेको छ। घरमा बसिबसी विश्व समाचार सुन्न, देख्न पाइन्छ। आधुनिक विकाश उपकरणहरुले सन्सारलाई एउटा सानो गाउँमा परिनत गरेको छ। यो धेरै सुखद पक्ष हो। अहिले सबैको हातहातमा अत्यन्त नयाँ आधुनिक मोवाइलहरु छन्। लेखनपढन हेर्न कोहि कहिं जानु पर्दैन हातको मोवाइल खोले पुग्छ। पढ्नलेखन कापी कलमको आश्यक्ता पर्दैन, यो समयले दिएको उपहार हो। तर आबस्यक्ता भन्दा अधिक प्रयोगले मानिसलाई त्यतिनै अल्छी र एकांकी पनि बनाएको छ।
काभ्रेमा अहिले राम्रो काम गर्ने नगरपालिका दुईओटा देखिएका छन्। पांचखाल नगरपालिका र नमोबुद्ध नगरपालिका यूवा महेश खरेलको शैलिलाई र पूर्व गाबिस अध्यक्ष भए देखिनै बिकाशप्रेमी कुल्सागं लामा, बेथानचोक गाउँपालिका, महाभारत, तेमाल र रोषी गाउँपालिका अहिले सम्मका उत्कृष्टमा देखिन्छन्। यसैगरी सबैले काम गर्ने हो भने समाज बिकाश असम्भव छैन। मात्र ईच्छा शक्ति, आत्म विश्वासको खांचो छ। आफुले गरेको कामको प्रचार गरिरहनु पर्दैन, समाज र प्रबुद्वबर्गले बुझिरहेको हुन्छ। सबैमा आफ्नो स्थानिय जनसमुदायको आवश्यकता र भाबना बुझेर काम गर्ने प्रेरणा मिलोस्।
जय नेपाल।
(लेखिका थापा पूर्व सांसद समेत हुनुहुन्छ।)