News Portal

दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार (भिडियो सहित)

रबिन्द्र बराल
४६५ पटक

बैशाख-२१, शुक्रबार/मोरङ –  दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा झापाको दमकमा एक छात्रामाथि गोली प्रहार भएको छ । शुक्रबार दिउँसो हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत एनिका अधिकारीमाथि गोली प्रहार भएको हो । 

उनी परीक्षा दिएर घर फर्कने क्रममा अधिकारीमाथि गोली प्रहार भएको झापा प्रहरीले जनाएको छ । उनलाई सिराहाका अमितकुमार यादवले गोली प्रहार गरेको बताइएको छ । प्रहरीका अनुसार उनको खोजी कार्य भइरहेको बताएको छ। 

उदयपुर घर भएकी छात्रा अधिकारी दमकमा डेरा गरी बस्दै आएकी थिइन्। गोली लागेर घाइते भएकी उनको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचार भइरहेको छ । 

उनको पेटमा गोली लागेको थियो। गोली भने चिकित्सकले निकालिसकेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

 

 

 

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...