News Portal

रंगेलीमा दुर्व्यसन विरुद्ध आमाहरु कार्यक्रम सम्पन्न

रबिन्द्र बराल, मोरङ
२९९ पटक

बैशाख-२१, शुक्रबार/मोरङ – कोशी प्रदेश प्रहरी कार्यालयद्वारा प्रदेश नम्बर १ अन्तरगत संचालनमा ल्याएको दुर्व्यसन विरुद्ध आमाहरु अभियान कार्यक्रमलाई प्रहरीले सक्रियताका साथ अगाडि बडाएको छ।

प्रहरीले रंगेली नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दै अभियानलाई अगाडि बढाउन थालेको हो। कार्यक्रममा रंगेली प्रहरी निरीक्षक बुद्धिराम चौलागाईले “दुर्व्यसन विरुद्ध आमाहरु” अभियानको औचित्यमाथी प्रष्ट पारेका थिए। प्रमुख अतिथिले कार्यक्रमको बारेमा एक व्यक्तिले मात्रै समाज परिवर्तन नहुने तर सबै नगरवासी आ-आफ्नो तर्फबाट लागि परे समाजमा लागुऔषध  मुक्त हुने र न्यूनीकरण समेत हुने बगडियाले बताए।

कार्यक्रममा रङ्गेली नगरपालिकाका मेयर दिलिप बगडिया, उपमेयरमा पराजुली, कार्यकारी अधिकृत ओमकार न्यौपाने, महिला सञ्जालका पुनम सापकोटा, अन्नपूर्ण मण्डल, शान्ता श्रेष्ठ, गायत्री श्रेष्ठ, औषधी व्यवसायी पंकज मण्डल, नरेश मण्डल  नगर क्षेत्रमा सक्रिय महिला, अधिकारकर्मीहरु, आमा समुह, औषधी व्यवसायी लगायतको कार्यक्रममा सहभागी रहेको थियो।   

दुर्व्यसन विरुद्ध आमाहरु अभियानलाई प्रभावकारी बनाउन नगरपालिकाकी उप-प्रमुख भुमा पराजूलिको अध्यक्षतामा १० सदस्यीय पालिका स्तरिय समिति समेत गठन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...