News Portal

प्रमुख प्रशासकीय अधिकृत एक सातामै सरुवा भएपछि निसीखोलामा एमालेको तालाबन्दी

नारायण रिजाल
३२३ पटक

बागलुङ। नेकपा एमालेले बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा तालबन्दी गरेको छ। एमाले निसीखोला गाउँ कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकतको विषयलाई लिएर तालाबन्दी गरेको हो।

गत साता हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत एक साता नहुँदै सरुवा भएपछि एमालेले गाउँ कार्यपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।

गत वैशाख १२ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा पालिकामा हाजिर भएका जीवन पुनमगर एक साता नबित्दै सरुवा भएपछि एमाले निसीखोलाले आन्दोलनस्वरूप तालाबन्दी गरेको हो।

यसअघि दुईजना प्रमुख प्रशासकीय अधिकृतलाई पालिका प्रमुख सूर्यबहादुर घर्तीले हाजिरै गर्न नदिई फिर्ता पठाएका थिए।

निसीखोलाको प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका ध्रुव रिजाल र चूर्णबहादुर कार्कीलाई हाजिर नै नगराई फर्काइएपछि गाउँपालिका निमित्तको भरमा चलिरहेको छ।

प्रसासकीय अधिकृत पुनको वैशाख १८ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा सरुवा भएको छ।

‘पटक-पटक प्रमुख प्रशासकीय अधिकृतको सरुवा गराईनुले स्थानीय सरकारको बदमासी र अपराधको हद प्रकट गरेको छ,’ एमाले निसीखोलाका अध्यक्ष भूमिराज घर्तीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

निमित्तको भरमा पालिका चलाउने सीमित जनप्रतिनिधि र केही कर्मचारीको मिलेमतोमा गरिएको क्रियाकलापको भण्डाफोर गर्न तालाबन्दीसँगै धर्ना कार्यक्रम आयोजना गरिएको अध्यक्ष घर्तीले बताए।

प्रमुख प्रशासकीय अधिकृतलाई फिर्ता पठाउने कार्य तत्काल सच्याउँदै स्थानीय सरकार मर्यादित रूपमा सञ्चालन गर्न गरिएको आग्रह बेवास्ता गरे।

आन्दोलनका थप कार्यक्रम गर्न बाध्य हुने एमाले निसीखोलाले चेतावनी दिएको छ। माग पूरा नभएसम्म तालाबन्दी जारी रहने घर्तीले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...