News Portal

रंगेलीका मेयरले गरे जग्गा दान

रबिन्द्र बराल
१६७ पटक

मोरङ, जेठ २० – रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले फोहोर र लेदो व्यवस्थापनका लागि आफ्नो निजी स्वामित्वको १ बिघा १५ कठ्ठा जग्गा नगरपालिकालाई दान गरेका छन्।

दोस्रो कार्यकालका लागि पुनः निर्वाचित मेयर बगडियाले १ बिघा जग्गा फोहोर व्यवस्थापनका लागि र १५ कठ्ठा जग्गा लेदो व्यवस्थापनका लागि प्रदान गरेका हुन्। बजार मूल्यअनुसार उक्त जग्गाको अनुमानित मूल्य करिब १ करोड रुपैयाँ बराबरको रहेको बताइएको छ।

रंगेली नगरपालिका–६ मा पर्ने उक्त १ बिघा जग्गामा नगरपालिकाले कोशी प्रदेश सरकारको सहयोगमा फोहोर व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण गर्नेछ। स्वीट्जरल्याण्ड सरकारको सहयोगमा प्राप्त रकमबाट कोशी प्रदेश सरकारले निर्माण गर्न लागेको उक्त डम्पिङ साइटको डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार भइसकेको छ।

त्यसैगरी, बाँकी १५ कठ्ठा जग्गामा संघीय सरकारको सहयोगमा लेदो व्यवस्थापन प्लान्ट निर्माण गरिनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...