आज : २०२६-१०-११, आइतबार

क्रसर उद्योगको धुवाँले गाउँमा समस्या

मोरङ, जेठ २० – रंगेली नगरपालिका–९ स्थित खादिटोल नजिकैको बिच गाउँमा सञ्चालनमा रहेको क्रसर उद्योगका कारण त्यहाँ बसोबास गर्ने बालबालिका, वृद्धवृद्धा लगायत स्थानीय बासिन्दाहरूले विगत एक महिनादेखि सास फेर्न कठिनाइ भोग्नु परेको छ।

उद्योगले सडक कालोपत्रे गर्न मट्टीतेल, डिजेल तथा अलकत्राको मिश्रण गरी तयारी गर्ने गर्दछ। त्यही स्थानबाट रंगेली तथा अन्य क्षेत्रहरूका लागि सामग्री ढुवानी गरिने स्थानीयले जानकारी दिएका छन्।

उद्योगबाट निस्कने बाक्लो धुवाँका कारण दर्वेशा चोक, खादिटोल, र बनकोलका बासिन्दाहरू दिनहुँ धुवाँको प्रदूषण सहन बाध्य छन्।

उद्योगका इन्जिनियरका अनुसार मेसिनमा प्राविधिक समस्या आउँदा अत्यधिक धुवाँ निस्किएको हो। तर, यस विषयमा नगरपालिका तथा वडा जनप्रतिनिधिहरूले समयमा नै ठेकेदारलाई सचेत गराउन आवश्यक देखिएको छ।