News Portal

सदन खुलाउन विपक्षी दलको तीन शर्त: गृहमन्त्रीको राजीनामा, विगतसहितको छानबिन र प्रधानमन्त्रीको स्पष्ट प्रतिबद्धता माग

हिमालीसंचार संवाददाता
१८२ पटक

काठमाडौं, जेठ २० – सरकार र प्रमुख विपक्षी दलहरूबीच लामो समयदेखि जारी संसद् अवरोध अन्त्यतर्फ सकारात्मक संकेत देखिन थालेका छन्। संसद् पुनः सञ्चालनका लागि प्रमुख विपक्षी दलहरूले तीनवटा मुख्य मागसहित सरकारमाथि दवाब सिर्जना गरेका छन् — गृहमन्त्री रमेश लेखकको राजीनामा, भिजिट भिसा प्रकरणको विगतदेखि हालसम्मको निष्पक्ष छानबिन, र प्रधानमन्त्री स्वयं संसद्मा आएर स्पष्ट धारणा दिनुपर्ने माग।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सक्रियतामा राजधानीमा आयोजित विपक्षी दलहरूको बैठकमा यी मागहरू औपचारिक रूपमा अघि सारिएको थियो। विपक्षी दलहरूले गृह मन्त्रालयमा देखिएको असहजता र गम्भीर आरोपहरूलाई मध्यनजर गर्दै गृहमन्त्रीको पद त्याग आवश्यक रहेको ठहर गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाका अनुसार, “गृहमन्त्री स्वयंमाथि नै संलग्नताको आशंका भइरहँदा निष्पक्ष छानबिन सम्भव छैन। लोकतान्त्रिक परम्पराअनुसार उनी पदबाट अलगिएर छानबिनमा सहयोग गर्नुपर्छ।”

विपक्षी गठबन्धनले विगतका गृहमन्त्रीहरूको कार्यकाललाई समेत समेटेर एक स्वतन्त्र र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग अघि सारेको छ। विपक्षीको तर्क छ — राज्य संयन्त्रप्रति जनविश्वास पुनःस्थापना गर्न भिजिट भिसा प्रकरणको समूल छानबिन अपरिहार्य भइसकेको छ।

प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सरकारको आधिकारिक धारणा राख्नुपर्ने विपक्षीको तेस्रो मागले समेत बहसको केन्द्र बनाएको छ। संसद् लामो समयदेखि अवरुद्ध हुँदा सार्वजनिक चासो बढेको सन्दर्भमा, सरकारलाई दबाब दिन विपक्षीले एकजुट भएर तीव्र आवाज उठाएका छन्।

यद्यपि पछिल्लो समय वातावरण केही सहज बन्दै गएको देखिएको छ। सभामुख र प्रमुख सचेतकहरूबीच भएको पछिल्लो छलफलपछि गृहमन्त्री लेखकलाई संसद्मा बोल्न दिने विपक्षी सहमतिमा पुगेका छन्। यो सहमतिलाई संसद् सञ्चालनतर्फको महत्वपूर्ण कदमको रूपमा लिइएको छ।

श्रोतका अनुसार, गृहमन्त्रीले संसद्मा आफ्नो भनाइ राखेपछि विपक्षी दलहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्ने र त्यसपछि संसद् अगाडि बढाउने प्रारम्भिक समझदारी बनेको हो।

विपक्षी दलहरू शुरुमा गृहमन्त्रीको राजीनामालाई अवरोध अन्त्यको अनिवार्य सर्तका रूपमा प्रस्तुत गर्दै आएका थिए। तर पछिल्ला दिनमा देखिएको लचिलो रवैयाबाट राजनीतिक संवादको वातावरण निर्माण हुँदै गएको संकेत मिलेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...