News Portal

सभामुख घिमिरेद्वारा प्रमुख सचेतकहरूसँग आकस्मिक छलफल : संसद अवरोध अन्त्यको प्रयास

हिमालीसंचार संवाददाता
१८१ पटक

काठमाडौं, जेठ १६  — प्रतिनिधिसभामा लामो समयदेखि चलिरहेको अवरोध अन्त्य गर्न पहलस्वरूप सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकहरूलाई आकस्मिक छलफलमा बोलाएका छन्।

गृह मन्त्रालयसँग जोडिएको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे प्रश्न उठ्दै आएको सन्दर्भमा, विपक्षी दलहरूले राजीनामा माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्। यो गतिरोधलाई अन्त्य गर्न सभामुखले आज बिहान ११ बजे सबै प्रमुख सचेतक तथा मुख्य सचेतकहरूलाई संवादका लागि बोलाएका हुन्। सभामुखको सचिवालयले दिएको जानकारी अनुसार, यही छलफलबाट बजेट सत्रका कार्यक्रम र समय तालिका तय गर्ने कोशिस समेत गरिनेछ।

सभामुख घिमिरेले कार्यसूचीलाई अगाडि बढाउन र संसद पुनः संचालनमा ल्याउन खोजेका यो पहल महत्वपूर्ण मानिएको छ। छलफलपछि दिउँसो १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत तय गरिएको छ, जसमा संसदको आगामी कार्यसूचीबारे ठोस निर्णय हुने अपेक्षा गरिएको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसहितका विपक्षी शक्तिहरू गृहमन्त्रीको राजीनामाबिना संसद चल्न नदिने अडानमा छन्। सरकार भने बजेट प्रस्तुतिको तयारीमा जुटिरहेको बेला राजनीतिक सहमतिको खाँचो झनै बढेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...