News Portal

शान्तिबाटिकामा राजावादीहरूको प्रदर्शन : हिन्दुराष्ट्र, राजसंस्था र संघीयता खारेजीको मागसहित आन्दोलन सुरु

हिमालीसंचार संवाददाता
२१३ पटक

काठमाडौं, जेठ १५ – राजधानी काठमाडौंको मुटु शान्तिबाटिका बिहीबार बिहानदेखि नारासहित गुञ्जिएको छ। राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउँदै राजावादी समूहहरू फेरि सडकमा उत्रिएका छन्। ‘संयुक्त जनआन्दोलन समिति’को आह्वानमा सुरु भएको यो आन्दोलनले वर्तमान संघीय व्यवस्था र बढ्दो भ्रष्टाचारविरुद्ध कडा सन्देश दिएको छ।

राप्रपा, राप्रपा नेपाललगायतका थुप्रै राजावादी तथा हिन्दुवादी संघसंस्थाहरूले एकजुट हुँदै शान्तिपूर्ण तर सशक्त प्रदर्शन गरेका छन्। राप्रपाका प्रवक्ता सगुन लावतीका अनुसार आन्दोलन अनिश्चितकालीन रूपमा सञ्चालन हुनेछ र माग पुरा नहुन्जेलसम्म संघर्ष जारी रहनेछ।

प्रदर्शनको मुख्य मागहरूमा संघीयता खारेज, हिन्दु राष्ट्रको पुनर्स्थापना, संवैधानिक राजसंस्थाको पुनरागमन र मुलुकमा फैलिँदै गएको भ्रष्टाचारको अन्त्य रहेका छन्।

शान्तिबाटिकामा हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले ‘हामीलाई हिन्दु राष्ट्र चाहियो’, ‘राजसंस्था फर्काउँ’, ‘संघीयता खारेज गर’ जस्ता नारा लगाउँदै सडक तताएका थिए। उनीहरूले वर्तमान सत्ता संरचनाले देशलाई टुक्र्याउने र जनताको भावना विपरीत काम गरिरहेको आरोप समेत लगाएका छन्।

सुरक्षाका दृष्टिले शान्तिबाटिका क्षेत्रमा प्रहरीको बाक्लो उपस्थिति देखिएको छ। आन्दोलन अहिलेसम्म शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...