News Portal

राप्ती लोकमार्ग पहिरोले पूर्ण अवरुद्ध

हिमालीसंचार संवाददाता
१५० पटक

दाङ, जेठ १४ – साल्यान जिल्लाको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा आज बिहान अचानक खसेको पहिरोले राप्ती लोकमार्गको दाङ–साल्यान खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। घटनापछि यात्रुहरू बीच हतास र निराशा देखिएको छ भने सवारीसाधनहरू लामो समयदेखि बीच बाटोमै रोकिएका छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक (डीएसपी) केशर न्यौपानेका अनुसार बिहानको समयमा सडक माथिबाट एक्कासि पहिरो खस्दा यातायात ठप्प भएको हो। “पहिरो ठूलो परेकाले तत्कालै खुलाउने प्रयास गर्दा पनि सम्भव नभएको र अहिले एक्स्काभेटर प्रयोग गरेर माटो हटाउने काम भइरहेको छ,” उनले हिमाली सञ्चारसँगको कुराकानीमा बताए।

सडक अबरुद्ध भएसँगै यात्रुहरू र चालकहरू समस्यामा परेका छन्। लामो दूरी पार गर्दै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन् भने स्थानीयहरू पनि आवतजावतमा असहज भएका छन्। यता, प्रहरीले साना सवारीसाधनलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ। कपुरकोट–लामिडाँडा र कपुरकोट–पाखापानी–सातबास मार्गलाई वैकल्पिकरूपमा प्रयोग गर्न सकिने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...