
०६२/६३ पछिका दिनदेखी नेपाली जनताले कहिल्यै शान्ति पूर्ण रुपमा बाच्न र गरिखान पाएनन्। एक पछि अर्काे गर्दै देशमा काण्डैकाण्ड भए त्यस्को निराकरण गर्ने सरकार कहिले पाउन सकेनन्। यो यथार्थ हो, तर यस्लाई स्वीकार गर्न कोहि नेताहरु तयार छैनन्। ०५१/५२ सालदेखि सुरु भएको अलक्क्षिणा काण्डहरु जस्तो माओवादीजन हत्या, प्राडो, पजेरो संस्कृति, सुरा सुन्दरी, सांसद खरिद बिक्रीदेखि सुरु भएका काण्डहरु आजका दिनसम्म आईपुग्दा हजारौं हजार काण्डहरुका नामले चिनिए जस्लाई उल्लेख गरेर साध्य छैन। त्यसरी झागिंदै गएको भ्रष्टाचारजन्य कामहरुले देश तहस-नहस नै बनायो।
“देशबाट यूवा पलायन हुँदै देश रित्तिँदै गएको धेरै बर्ष भयो। स्वईच्छा देखि बिवसता, हुनेखानेदेखि गरिखानेसम्मलाई पलाएनको अबस्था छदै थियो। जो बचेखुचेका जनतालाई पनि बिचौलियाको सहयोगमा भिजिट भिसामा पठाउने लालच देखाउदै यूरोप जानेलाई ३ लाख, खाडिमा जानेहरुको लागि ५० हजारको दर रेटै तोकिदिएर ठगिको अनेक धन्दा मौलाएको रहेछ। यो भन्दा राम्रो बिकासको मोडल अर्को के हुन सक्छ ?”
राजनितिक पार्टिहरुको दृष्टि देश र जनताप्रति हुनुपर्ने तर त्यस्तो भएन। देशबाट यूवा पलायन हुँदै देश रित्तिँदै गएको धेरै बर्ष भयो। स्वईच्छा देखि बिवसता, हुनेखानेदेखि गरिखानेसम्मलाई पलाएनको अबस्था छदै थियो। जो बचेखुचेका जनतालाई पनि बिचौलियाको सहयोगमा भिजिट भिसामा पठाउने लालच देखाउदै यूरोप जानेलाई ३ लाख, खाडिमा जानेहरुको लागि ५० हजारको दर रेटै तोकिदिएर ठगिको अनेक धन्दा मौलाएको रहेछ। यो भन्दा राम्रो बिकासको मोडल अर्को के हुन सक्छ ? जस्को पोल खुलेपछि अख्तियारले एरपोर्टमा छापा मार्ने सुइको पाउने बित्तिकै भन्सारको हाकिमलाई तुरुन्त मन्त्रालयमा हाजिर गराएर घटनालाई दवाउने प्रयत्न गरेको देखिन्छ।
“गणतन्त्रमा भ्रष्टाचार दवाउनुपर्यो भने शनिवार बिदाको दिनमा पनि प्रेस विज्ञप्ति जारि गरिदो रहेछ। जनतालाई राहत दिनुपर्दा त्यस्तो सुबिधा पाईदैन। त्यसैले गणतन्त्रमा नैतिकताको स्थान हुदोरहेछ। अहिले सुनिदैछ, राजिनामा गरेर छानविनमा सहयोग गर्नुपर्छ भन्ने नेताहरुलाई नेपाली कांग्रेसको पदाधिकारी बैठकले अनुशासनको कार्वाही गर्नुपर्छ भन्ने माग गरेको छ। जस्मा दुई प्रमुख पदाधिकारी पनि पर्नेछन्। भ्रष्टाचारमा डुबुल्की मार्दा मार्दा नेताहरु पाखण्ड भैसकेका छन्।”
देश “ग्रे लिष्टमा” परि सक्यो तर सरकार, दलहरु भ्रष्टाचार लुकाउनमै ब्यस्त छन्। सुन तस्करीदेखी नक्कली भुटानी शरणार्थी बनाउदै आफ्नै नागरिक बेच्ने, ओमनी, यति, गिरिबन्धु टि स्टेट, सरकारी जमिन, खोलानालादेखी नेपाल ट्रष्टको लाखौं बिघा जमिन, बैंकदेखि सहकारी, लघुबित्त, मिटर ब्याजसम्म ठगेर पनि पुगेन ! अब नया भिजिट भिसा प्रकरण आयो। सरकार सफाई दिन्छ। यो बिगत देखिनै चल्दै आएको कुरा हो। बिगतदेखी थियो भने त्यस्तो गलत परिपाटिलाई रोक्ने काम किन भएन ? गलतलाई नै निरन्तरता दिने काम किन भयो ? यसमा गृहमन्त्रीले थाहा छैन भनेर उन्मुक्ति पाउने कुरा आउदैन। गणतन्त्रमा भ्रष्टाचार दवाउनुपर्यो भने शनिवार बिदाको दिनमा पनि प्रेस विज्ञप्ति जारि गरिदो रहेछ। जनतालाई राहत दिनुपर्दा त्यस्तो सुबिधा पाईदैन। त्यसैले गणतन्त्रमा नैतिकताको स्थान नहुदोरहेछ। अहिले सुनिदैछ, राजिनामा गरेर छानविनमा सहयोग गर्नुपर्छ भन्ने नेताहरुलाई नेपाली कांग्रेसको पदाधिकारी बैठकले अनुशासनको कार्वाही गर्नुपर्छ भन्ने माग गरेको छ। जस्मा दुई प्रमुख पदाधिकारी पनि पर्नेछन्। भ्रष्टाचारमा डुबुल्की मार्दा मार्दा नेताहरु पाखण्ड भैसकेका छन्। दैनिक ५० लाख उठाउने कुरा एक-दुई कर्मचारीको क्षमताको कुरा होइन। माथिदेखिको मिलेमतो बिना सम्भव हुन सक्दैन। यसको लागि उच्च स्तरिय संसदीय छानबिन आयोग गठन गरिनुपर्छ।
“लोकतन्त्रमा यो तानाशाही चरित्र हो। उहांको कुरा सुन्दा लाग्छ यो देश उहाले दाइजोमा बक्स पत्र पास गरेर प्राप्त गर्नु भएको ! तर उहांको धम्कीलाई अब जनताले मान्नेवाला छैनन्। यूवा शक्तिहरुले बुझिसकेका छन्। जेठ १५ गते उपत्यका लगायत वरिपरिका जिल्लाहरुबाट जनताको उपस्थिति उल्लेख्य हुनैपर्छ।”
केही बर्षदेखि हरेक कुराको माग गर्दै जनता आन्दोलनमा छन्। गणतन्त्रले जनताको अबस्था बदल्न नसकेको निष्कर्षमा पुगेका जनता पृथ्विनारायण शाहको “पृथ्वी पथ”लाई अंगाल्दै उनैले गरेको नेपाल एकिकरणको ऐतिहांसक जगमा उभिएर राजसंस्था पुनर्स्थापना गर्दै संबैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रको लागि आन्दोलनरत छन्। उक्त आन्दोलनलाई दबाउन प्रधानमन्त्री केपि शर्मा ओलिले पोखराको एक कार्यक्रमलाई सम्बोधन गर्दै गणतन्त्रको बिरुद्ध आन्दोलनमा उत्रने जनतालाई कडा चेतावनी दिनु भएको छ। “यदि कसैले गणतन्त्र भांडन खोजे कोसैलाई पनि नछाड्ने चेतावनी दिँदै उक्त दिन आन्दोलनमा ननिस्कन आदेश दिनु भएको छ। त्यस्तै हूंकार संन्चारमन्त्रीको छ। प्रधानमन्त्रीले आफ्ना कार्यकर्ताहरुलाई त निर्देशन दिदै यदि जेठ १५ गते गणतन्त्र बिरोधिहरुको आन्दोलन निस्कियो भने त्यस्को प्रतिकारका लागि एमालेका साइवर सेनादेखि कार्यकर्ताहरुले कडा कारबाहीमा उत्रनु र त्यस्लाई निस्तेज पार्नु भन्ने फरमान जारि गर्नु भएको छ। उहां कहिले अरिंगाल भएर जाइलाग्ने आदेश दिनुहुन्छ। कहिले सरकारका भिजिलान्ते प्रयोग गरेर जनता मार्ने आदेश दिनुहुन्छ। कतिलाई राज्य बिरुद्धको आरोप लगाउँदै जेल हाल्नुभएकै छ। लोकतन्त्रमा यो तानाशाही चरित्र हो। उहांको कुरा सुन्दा लाग्छ यो देश उहाले दाइजोमा बक्स पत्र पास गरेर प्राप्त गर्नु भएको ! तर उहांको धम्कीलाई अब जनताले मान्नेवाला छैनन्। यूवा शक्तिहरुले बुझिसकेका छन्। जेठ १५ गते उपत्यका लगायत वरिपरिका जिल्लाहरुबाट जनताको उपस्थिति उल्लेख्य हुनैपर्छ। नागरिक बचाउ अभियानका अभियन्ता दुर्गा प्रसाईजी झुठ्ठा आरोपमा प्रहरी हिरासतमा हुनुहुन्छ। उहाले पनि आफ्ना समर्थक, शुभ चिन्तकहरुलाई आन्दोलनमा सहभागी हुन निर्देशन दिनुपर्ने छ। यो सुवर्ण अवसरलाई गुमाउनु हुदैन जनता सडकमा उत्रनुको बिकल्प छैन।
“सबैको अधिकारको सुनिश्चित गर्दै राष्ट्रिय एकताको प्रतिक राजसंस्थालाई स्थान दिएर देशको रक्षा गर्नुपर्छ। कतिपय कुराहरु समयले देखाउने नै छ। पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको चीन भ्रमणले पनि विषेश अर्थ राख्ने देखिन्छ। उक्त भ्रमणले नेपालका कम्निस्ट साम्यवादीहरुमा ल्याउन सक्ने परिवर्तनलाई पनि नकार्न सकिंदैन। जति बिश्वास नेपाली कांग्रेसले एमालेलाई गरेको छ। त्यो बिश्वास कांग्रेसले एमालेबाट पाउन सक्ने सम्भावना भने निकै कमजोर देखिन्छ ? उक्त कुरा नेपाली कांग्रेसले बुझन ढिलो गर्नु हुदैन।”
नेपाली कांग्रेसले प्रधानमन्त्री केपि ओलिको तानाशाही ब्यबहारलाई बेलैमा बुझन नसके ब्यक्ति मात्र हैन पार्टि डुब्ने छ। प्रधानमन्त्री पाउने लालचमा आफ्नो सिद्धान्त, मुल्य र मान्यतालाई तिलान्जली दिने अधिकार नेतृत्वलाई छैन। यो पार्टि कुनै एक ब्यक्तिको बपौती होईन। जनताको सरोकारका बिषयमा नसोच्ने तन्त्रलाई लोकतन्त्रको जामा पहिराएर मात्र मान्य हुन सक्दैन। सबैको अधिकारको सुनिश्चित गर्दै राष्ट्रिय एकताको प्रतिक राजसंस्थालाई स्थान दिएर देशको रक्षा गर्नुपर्छ। कतिपय कुराहरु समयले देखाउने नै छ। पूर्व राष्ट्रपति बिद्यादेवी भण्डारीको चीन भ्रमणले पनि विषेश अर्थ राख्ने देखिन्छ। उक्त भ्रमणले नेपालका कम्निस्ट साम्यवादीहरुमा ल्याउन सक्ने परिवर्तनलाई पनि नकार्न सकिंदैन। जति बिश्वास नेपाली कांग्रेसले एमालेलाई गरेको छ। त्यो बिश्वास कांग्रेसले एमालेबाट पाउन सक्ने सम्भावना भने निकै कमजोर देखिन्छ ? उक्त कुरा नेपाली कांग्रेसले बुझन ढिलो गर्नु हुदैन।
“कांग्रेसको १५ महाधिवेशनको बर्ष सुरु भैसकेको छ। नेतृत्व समयमा अधिबेशन गर्न तयार हुनुपर्छ। कारण स्पष्ट छ, समयमा अधिवेशन भयन भने नेपाली कांग्रेसले ठुलो क्षति ब्यहोर्नु नपर्ला भन्न सकिन्न। आगामी मंसिरमा अधिवेशन नगर्ने हो भने कति बर्ष धकेलिने हो भन्न सकिन्न। त्यसैले जति सकेको चाडो अधिवेशन गर्नुमै कांग्रेसको भलाई छ। अधिबेशनबाट फ्रेस अनुहार ल्याएर निर्वाचनमा गएको अबस्थामा कांग्रेसले राम्रो सफलता हासिल गर्न सक्ने सम्भावना रहन्छ। अन्यथा कांग्रेसले टिकट लिने योग्य र सक्षम कार्यकर्ता पाउने सम्भावना रहला भन्न सकिन्न। डन र धनले अब कांग्रेस सफल होला भन्ने आशा नराख्दा हुन्छ। नेपाली कांग्रेसलाई विपी कोइरालाको सिद्धान्त, मुल्य, मान्यता र आफ्नो ईतिहिंसमा फर्काउन पनि अधिवेशन विधानले तोकेको निश्चित समयमै हुनु जरुरि छ।”
त्यसैले नेपाली कांग्रेसको १५ महाधिवेशनको बर्ष सुरु भैसकेको छ। नेतृत्व समयमा अधिबेशन गर्न तयार हुनुपर्छ। कारण स्पष्ट छ, समयमा अधिवेशन भएन भने नेपाली कांग्रेसले ठुलो क्षति ब्यहोर्नु नपर्ला भन्न सकिन्न। आगामी मंसिरमा अधिवेशन नगर्ने हो भने कति बर्ष धकेलिने हो भन्न सकिन्न। त्यसैले जति सकेको चाडो अधिवेशन गर्नुमै कांग्रेसको भलाई छ। अधिबेशनबाट फ्रेस अनुहार ल्याएर निर्वाचनमा गयको अबस्थामा कांग्रेसले राम्रो सफलता हासिल गर्न सक्ने सम्भावना रहन्छ। अन्यथा कांग्रेसले टिकट लिने योग्य र सक्षम कार्यकर्ता पाउने सम्भावना रहला भन्न सकिन्न। डन र धनले अब कांग्रेस सफल होला भन्ने आशा नराख्दा हुन्छ। नेपाली कांग्रेसलाई विपी कोइरालाको सिद्धान्त, मुल्य, मान्यता र आफ्नो ईतिहिंसमा फर्काउन पनि अधिवेशन विधानले तोकेको निश्चित समयमै हुनु जरुरि छ। यसैमा कांग्रेसको कल्याण देखिन्छ। श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।
