News Portal

बाजुरामा टेलिकमको जिप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाइते

हिमालीसंचार संवाददाता
१५० पटक

बजुरा, जेठ १३ – बाजुराको दुर्गम क्षेत्रस्थित जगन्नाथ गाउँपालिका–३ मा मंगलबार बिहान भीषण सवारी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा नेपाल टेलिकमको नाममा दर्ता गरिएको बा ५च २२०९ नम्बरको जिप संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार नेपाल टेलिकमको सेवा विस्तार तथा नियमित कार्यको सिलसिलामा गइरहेको जिप सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनाको खबर प्राप्त हुनेबित्तिकै प्रहरीको टोली घटनास्थलमा खटिएको थियो।

ज्यान गुमाउने तीन जनामध्ये अहिलेसम्म कोहीको पनि औपचारिक पहिचान खुल्न सकेको छैन। घटनामा घाइते भएका दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उद्धार गरी उपचारका लागि स्वास्थ्य संस्थामा पठाइएको प्रहरीले जानकारी दिएको छ।

डिएसपी इकपाल हवारीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। दुर्घटनास्थल दुर्गम भेगमा पर्ने भएकाले थप विवरण संकलनमा केही समय लाग्ने जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...