News Portal

गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै प्रतिपक्ष कडा रूपमा उत्रिएपछि संसद् तनावग्रस्त

हिमालीसंचार संवाददाता
२२२ पटक

काठमाडौं, जेठ १३ – भिजिट भिसा प्रकरणको छायाँमा संसद् पुनः एकपटक गर्माएको छ। अध्यागमन विभागका केही कर्मचारीहरूको संलग्नतामा भिजिट भिसाको नाममा ठूलो मात्रामा आर्थिक लेनदेन र मानव तस्करीको आशंका अघि आएपछि गृहमन्त्री रमेश लेखकको राजीनामाको माग उठेको हो। प्रमुख प्रतिपक्ष दलहरूले आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीमाथि तीव्र रूपमा प्रश्न उठाउँदै, नैतिक जिम्मेवारीका आधारमा पदत्यागको माग अघि सारेका छन्।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तय गरिए पनि समयमै सुरु हुन सकेन। यसबीचमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरूले आन्तरिक बैठक गरी साझा रणनीति बनाएका छन्। उनीहरूको स्पष्ट अडान छ—गृहमन्त्री लेखकले अब पदमा रहनु नैतिक रूपले अयोग्य हो, त्यसैले तत्काल राजीनामा दिनुपर्छ।

सूचनाका अनुसार प्रतिपक्षी सांसदहरू आजको बैठकमा सरकार र गृहमन्त्रीलाई बोल्न नदिने रणनीति सहित प्रस्तुत हुने तयारीमा छन्। संसद्मै दबाब सिर्जना गरी गृहमन्त्री लेखकको तत्काल राजीनामा गराउन विपक्षी दलहरू दृढ देखिन्छन्।

यसैबीच गृहमन्त्री लेखकले भने बैठकमा बोल्ने समय आफैंले माग गरिसकेको बताएका छन्। तर उनको पार्टी नेपाली कांग्रेसले भने यस प्रकरणमा कर्मचारीहरू दोषी देखिएको निष्कर्ष निकाल्दै गृहमन्त्रीको राजीनामा आवश्यक नरहेको जनाउँदै आएको छ।

यता माओवादी केन्द्र र रास्वपाले भने यसअघि नै स्पष्ट रूपमा गृहमन्त्रीको राजीनामा माग गरिसकेका छन्।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...