News Portal

सुर्यविनायकमा भेटिइन् रोशनी शाही मृत अवस्थामा, दुई पृष्ठे पत्रमा पोखिइन् पीडाहरू

हिमालीसंचार संवाददाता
३४८ पटक

भक्तपुर, जेठ १२ – भक्तपुरको सुर्यविनायक नगरपालिका–३ मा ५० वर्षीया रोशनी शाही आफ्नै डेराभित्र मृत अवस्थामा फेला परेकी छन्। घटनास्थलमा प्रहरीले एक दुई पृष्ठ लामो हस्तलिखित नोट बरामद गरेको छ, जसमा उनले जीवनप्रतिको गहिरो निराशा र छोराप्रतिको आत्मग्लानिले भरिएको सन्देश लेखेकी छन्।

जेठ ११ गते दिउँसो बालकोटस्थित लक्ष्मीश्वर महतोको घरको पहिलो तलामा रहेको फ्ल्याटभित्र उनी घोप्टो अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ। लामो समयसम्म ढोका नखुलेपछि घरधनीले शंका व्यक्त गर्दै उनका श्रीमान चित्रजंग शाहीलाई फोनमार्फत जानकारी गराएका थिए। हाल विराटनगरमा रहेका श्रीमानले प्रहरीलाई खबर गर्न आग्रह गरेपछि सुरक्षाकर्मी जनप्रतिनिधिको रोहबरमा घटनास्थल प्रवेश गरेका थिए।

प्रहरीका अनुसार, शाहीको शवसंगै भेटिएको दुई पृष्ठे पत्रमा लेखिएको थियो, “छोरा, तिमीलाई केही गर्न सकिनँ। जीवनदेखि हार खाएँ। तिमीलाई पैसा पठाउन नसके आत्महत्या गर्छु भन्ने सोच धेरै पटक आयो।” उनले बाँकेको कोहलपुरमा रहेको १७ कट्ठा जग्गाको उल्लेखसमेत गरेकी छन्। उनका छोरा अमेरिका र छोरी समेत विदेशमा रहेका छन्।

घटनास्थलबाट केही औषधिहरू पनि बरामद भएका छन्। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार शाहीले ओभरडोजको औषधि सेवन गरेको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि, वास्तविक कारण पुष्टि गर्न उनकाे शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा भिसेरा परीक्षणका लागि पठाइएको छ।

डीएसपी ढुण्डिराज नेउपानेका अनुसार घटनाबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ। मानसिक तनाव, पारिवारिक दूरी र सामाजिक एकान्तबोध जस्ता गम्भीर पक्षहरूले यो घटनामा भूमिका खेलेको अनुमान गरिएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...