News Portal

भारतलाई रातिको समयमा भारु ४ मा बिजुली विक्री, नेपाल विद्युत प्राधिकरणको रणनीति सफल बन्दै

हिमालीसंचार संवाददाता
३२२ पटक

काठमाडौं, जेठ १२ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ प्रति युनिटमा विद्युत् विक्री भइरहेको जानकारी दिएका छन्। हालै कुलेश्वरस्थित नो लाइट शाखाका विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ताको गुनासो र प्रविधिसम्बन्धी जटिलताबारे निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्राधिकरणको नयाँ रणनीतिबारे जानकारी दिएका हुन्।

उनका अनुसार, भारतमा पछिल्ला केही दिनदेखि दिउँसोको समयमा विद्युत् अत्यन्तै सस्तो भएको छ। एक मेगावाट आवर बिजुलीको मूल्य करिब ५० पैसासम्म झरेको हुँदा नेपालले त्यसबेला भारतबाट सस्तो दरमा बिजुली आयात गरेर जलाशययुक्त आयोजना—कुलेखानी, मर्स्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी सञ्चय गर्दै आएको छ।

शाक्य भन्छन्, “दिउँसो भारतबाट सस्तो बिजुली ल्याएर हाम्रो जलाशयहरूमा पानी जम्मा गर्छौं। राति पिक लोडको समयमा त्यही पानीबाट बिजुली उत्पादन गरेर भारतमै महँगोमा—भारु ४ मा—बेचिरहेका छौँ। यसरी हामीले आयातभन्दा विक्रीबाट बढी आम्दानी गरिरहेका छौं।”

शनिबार मात्र नेपालले २५ सय मेगावाट आवर विद्युत् खरिद गरेको र त्यसको करिब १३ सय मेगावाट आवर रातिको समयमा विक्री गरेको जानकारी उनले दिए। यद्यपि युनिटका हिसाबले विक्री कम देखिए पनि मूल्यका हिसाबले प्राधिकरणले राम्रो मुनाफा कमाइरहेको दाबी गरेका छन्।

उनले युरोपमा जस्तै भारतमा पनि अब नेगेटिभ रेटको सुरुवात भइरहेको चर्चा गर्दै भने, “कहिल्यै सुनेको हुन्थ्यो—बिजुली खपत गरेबापत उल्टै पैसा पाइन्छ भन्ने कुरा। अहिले भारतमा पनि त्यो स्थिति आउँदैछ। दिउँसो त बिजुलीको दर एक पैसा भन्दा पनि कम भएको छ।”

शाक्यले आगामी केही दिनसम्म यही प्रवृत्ति कायम रहने बताएका छन्। उनका अनुसार, जबसम्म नेपाली खोलानालाहरूमा प्रशस्त पानी बगिरहेको छ र जलाशयहरूमा पर्याप्त सञ्चय सम्भव छ, तबसम्म सस्तोमा आयात गरेर महँगोमा विक्री गर्ने रणनीति निरन्तर रहनेछ।

यस्तै, उनले जुन १५ देखि लागू हुने ‘राउण्ड द क्लक’ प्रणाली अन्तर्गत मल्टिइयर सम्झौतामा आधारित स्थायी दरमा विद्युत् विक्रीको तयारी पनि भइरहेको बताए।

हालैका दिनमा विद्युत् आपूर्तिमा देखिएको समस्या बारे उनले स्पष्ट पारे, “बुधवार र बिहीबार बाहेक अन्य दिनहरूमा आपूर्ति स्थिर रहँदै आएको छ। केही भ्रामक जानकारीले जनतालाई अन्योलमा पारेको हो। वास्तविकता बुझ्न जरुरी छ।”

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...