News Portal

  • भारतलाई रातिको समयमा भारु ४ मा बिजुली विक्री, नेपाल विद्युत प्राधिकरणको रणनीति सफल बन्दै

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौं, जेठ १२ – नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतलाई रातिको समयमा भारु ४ प्रति युनिटमा विद्युत् विक्री भइरहेको जानकारी दिएका छन्। हालै कुलेश्वरस्थित नो लाइट शाखाका विभिन्न स्थानमा देखिएको विद्युत् आपूर्तिको समस्या, उपभोक्ताको गुनासो र प्रविधिसम्बन्धी जटिलताबारे निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले प्राधिकरणको नयाँ रणनीतिबारे जानकारी दिएका हुन्।

    उनका अनुसार, भारतमा पछिल्ला केही दिनदेखि दिउँसोको समयमा विद्युत् अत्यन्तै सस्तो भएको छ। एक मेगावाट आवर बिजुलीको मूल्य करिब ५० पैसासम्म झरेको हुँदा नेपालले त्यसबेला भारतबाट सस्तो दरमा बिजुली आयात गरेर जलाशययुक्त आयोजना—कुलेखानी, मर्स्याङ्दी, कालीगण्डकी र तामाकोशीमा पानी सञ्चय गर्दै आएको छ।

    शाक्य भन्छन्, “दिउँसो भारतबाट सस्तो बिजुली ल्याएर हाम्रो जलाशयहरूमा पानी जम्मा गर्छौं। राति पिक लोडको समयमा त्यही पानीबाट बिजुली उत्पादन गरेर भारतमै महँगोमा—भारु ४ मा—बेचिरहेका छौँ। यसरी हामीले आयातभन्दा विक्रीबाट बढी आम्दानी गरिरहेका छौं।”

    शनिबार मात्र नेपालले २५ सय मेगावाट आवर विद्युत् खरिद गरेको र त्यसको करिब १३ सय मेगावाट आवर रातिको समयमा विक्री गरेको जानकारी उनले दिए। यद्यपि युनिटका हिसाबले विक्री कम देखिए पनि मूल्यका हिसाबले प्राधिकरणले राम्रो मुनाफा कमाइरहेको दाबी गरेका छन्।

    उनले युरोपमा जस्तै भारतमा पनि अब नेगेटिभ रेटको सुरुवात भइरहेको चर्चा गर्दै भने, “कहिल्यै सुनेको हुन्थ्यो—बिजुली खपत गरेबापत उल्टै पैसा पाइन्छ भन्ने कुरा। अहिले भारतमा पनि त्यो स्थिति आउँदैछ। दिउँसो त बिजुलीको दर एक पैसा भन्दा पनि कम भएको छ।”

    शाक्यले आगामी केही दिनसम्म यही प्रवृत्ति कायम रहने बताएका छन्। उनका अनुसार, जबसम्म नेपाली खोलानालाहरूमा प्रशस्त पानी बगिरहेको छ र जलाशयहरूमा पर्याप्त सञ्चय सम्भव छ, तबसम्म सस्तोमा आयात गरेर महँगोमा विक्री गर्ने रणनीति निरन्तर रहनेछ।

    यस्तै, उनले जुन १५ देखि लागू हुने ‘राउण्ड द क्लक’ प्रणाली अन्तर्गत मल्टिइयर सम्झौतामा आधारित स्थायी दरमा विद्युत् विक्रीको तयारी पनि भइरहेको बताए।

    हालैका दिनमा विद्युत् आपूर्तिमा देखिएको समस्या बारे उनले स्पष्ट पारे, “बुधवार र बिहीबार बाहेक अन्य दिनहरूमा आपूर्ति स्थिर रहँदै आएको छ। केही भ्रामक जानकारीले जनतालाई अन्योलमा पारेको हो। वास्तविकता बुझ्न जरुरी छ।”

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    कञ्चनपुरमा बोलेरो जिप दुर्घटना, दुई वर्षीया बालिकाको मृत्यु

    कञ्चनपुर, असोज १४ – कञ्चनपुरको बेदकोट नगरपालिका–३ सिउडीबागमा मंगलबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा दुई वर्षीया...

    गुल्मीमा नाबालिकामाथि बलात्कारको आरोपमा युवक पक्राउ

    गुल्मी, असोज १४ – गुल्मीमा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ...

    आर्यतारा शाक्य नयाँ कुमारीमा चयन, कुमारीघर प्रवेश

    काठमाडौं, असोज १४ – काठमाडौंको ढल्कोकी आर्यतारा शाक्यलाई नयाँ जीवित देवी कुमारीको रूपमा चयन गरिएको...

    युवा संघको आपत्ति : ओलीको राहदानी रोक्ने निर्णयप्रति विरोध

    काठमाडौँ, असोज १४ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

    भद्रपुरमा राँगा काट्ने क्रममा दुर्घटना, एक जनाको मृत्यु

    झापा, असोज १४ – झापाको भद्रपुर नगरपालिका–१ मा राँगा काट्ने क्रममा भएको दुर्घटनामा एक व्यक्तिको...