News Portal

प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

हिमालीसंचार संवाददाता
१७६ पटक

पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापनाको चर्चाप्रति कडा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल हुँदै सडकसम्म चर्चामा आएको ‘राजा फर्काउने’ अभियानप्रति कटाक्ष गर्दै भने, “राजालाई सिंहासनमा राख्ने हो भने घरमै राख। देशमा राजसिंहासन गइसकेको छ, अब त्यसको कल्पना गर्नुको कुनै अर्थ छैन।”

उनको भनाइमा, गणतन्त्र स्थापनासँगै राजतन्त्रको युग समाप्त भइसकेको छ र त्यसलाई फर्काउने प्रयास केवल भ्रम हो। “जेठ १५ गते राजालाई सिंहासनमा राख्न खोजिएको कुरा सुनेँ, तर त्यो देशको हितमा होइन, घरभित्रै सिंहासन बनाएर राखे हुन्छ”, ओलीको व्यंग्य थियो।

प्रधानमन्त्रीले चेतावनी स्वरूप थपे, “यदि जनविरोधी वा देशद्रोही गतिविधिको प्रयास गरियो भने जनताले त्यसलाई कदापि स्वीकार गर्ने छैनन्। जनताको शक्तिलाई कमजोर नठान।”

त्यसै अवसरमा उनले राष्ट्रिय युवा संघलाई सहमतिमा आधारित नेतृत्व चयन गर्न पनि आग्रह गरे। सहमति नभएमा स्वच्छ, पारदर्शी निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले देशमा गणतन्त्रप्रति सरकारको अडान स्पष्ट पार्नुका साथै राजतन्त्र पुनःस्थापनाको बहसलाई निराधार भन्दै खारेज गरेको देखिन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...