News Portal

प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

हिमालीसंचार संवाददाता
२४० पटक

पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र पुनःस्थापनाको चर्चाप्रति कडा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री ओलीले पछिल्ला दिनहरूमा सामाजिक सञ्जाल हुँदै सडकसम्म चर्चामा आएको ‘राजा फर्काउने’ अभियानप्रति कटाक्ष गर्दै भने, “राजालाई सिंहासनमा राख्ने हो भने घरमै राख। देशमा राजसिंहासन गइसकेको छ, अब त्यसको कल्पना गर्नुको कुनै अर्थ छैन।”

उनको भनाइमा, गणतन्त्र स्थापनासँगै राजतन्त्रको युग समाप्त भइसकेको छ र त्यसलाई फर्काउने प्रयास केवल भ्रम हो। “जेठ १५ गते राजालाई सिंहासनमा राख्न खोजिएको कुरा सुनेँ, तर त्यो देशको हितमा होइन, घरभित्रै सिंहासन बनाएर राखे हुन्छ”, ओलीको व्यंग्य थियो।

प्रधानमन्त्रीले चेतावनी स्वरूप थपे, “यदि जनविरोधी वा देशद्रोही गतिविधिको प्रयास गरियो भने जनताले त्यसलाई कदापि स्वीकार गर्ने छैनन्। जनताको शक्तिलाई कमजोर नठान।”

त्यसै अवसरमा उनले राष्ट्रिय युवा संघलाई सहमतिमा आधारित नेतृत्व चयन गर्न पनि आग्रह गरे। सहमति नभएमा स्वच्छ, पारदर्शी निर्वाचनमार्फत नेतृत्व चयन गर्नुपर्ने सुझाव दिए।

प्रधानमन्त्री ओलीको उक्त अभिव्यक्तिले देशमा गणतन्त्रप्रति सरकारको अडान स्पष्ट पार्नुका साथै राजतन्त्र पुनःस्थापनाको बहसलाई निराधार भन्दै खारेज गरेको देखिन्छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...