News Portal

गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

हिमालीसंचार संवाददाता
१७२ पटक

काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा फैलिएको लोडसेडिङको हल्लालाई चुनौती दिँदै गुनासो सुन्ने विशेष अभियान सञ्चालनमा ल्याएको छ। यो अभियान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नेतृत्वमा कोशी प्रदेशबाट प्रारम्भ गरिएको हो।

शाक्य स्वयं मैदानमा ओर्लिएर विराटनगरका उद्योगी, व्यवसायी, वितरण केन्द्र प्रमुखहरू लगायत सरोकारवालासँग प्रत्यक्ष छलफलमा संलग्न भए। उनले विद्युत् आपूर्तिमा देखिएका समस्या, उपभोक्ताको गुनासो र प्राविधिक चुनौतीहरूबारे बुझेर त्यसको तत्काल समाधान खोज्ने उद्देश्यसहित यो अभियान थालिएको जानकारी दिए।

“हल्ला होइन, सेवा सुधार हाम्रो पहिलो प्राथमिकता हो,” शाक्यले भने, “प्राधिकरण विश्वसनीय विद्युत् आपूर्तिमा दृढ छ र हामी उपभोक्ताको समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्छौं।” उनका अनुसार, कोशी प्रदेशमा डेडिकेटेड फिडरको अवस्था, विद्युत् वितरणको नियमितता र गुणस्तरसम्बन्धी विषयमा गम्भीर छलफल गरिएको छ।

शाक्यले यो अभियान अन्य प्रदेशहरूमा पनि विस्तार गरिने जानकारी दिएका छन्। “वीरगन्ज, भैरहवा, नेपालगन्जलगायतका औद्योगिक सहरहरूमा पनि हामी यही मोडेलमा अघि बढ्नेछौं। समस्या कस्ता छन् भन्ने कुरा प्रत्यक्ष संवादबाट थाहा हुन्छ,” उनले भने।

उनका अनुसार, गुनासो सुन्ने अभियान छलफलमै सीमित नरहनेछ, समस्या पहिचान गर्दै व्यवहारिक समाधानमा प्राधिकरण सक्रिय रूपमा लाग्नेछ। उपभोक्ताको विश्वास जित्ने उद्देश्यसहित सुरु गरिएको यो प्रयासले विद्युत् सेवा क्षेत्रमा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...