News Portal

रवि लामिछानेको रिटमाथि आज अन्तिम फैसला आउन सक्ने, बहस निष्कर्षमा पुग्दै

संगीता गुरुङ
२४० पटक

काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमाथि आज महत्वपूर्ण सुनुवाइ हुँदैछ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज शुक्रबारका लागि सुनुवाइ तोकिएको छ।

हिजो बिहीबार भएको लामो बहस निष्कर्षमा पुग्न नसकेपछि इजलासले मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको थियो। आज भने दुवै पक्षका वरिष्ठ अधिवक्ताहरूले अन्तिम चरणको बहस गर्दै छन्। रवि पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारी बहसमा उत्रन लागेका छन्।

यसअघि मंगलबारदेखि सुरु भएको बहसमा रवि लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्तजस्ता कानुन व्यवसायीहरू प्रस्तुत भएका थिए। बिहीबार वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले पनि बहस गर्दै आफ्नो तर्क प्रस्तुत गरेका थिए।

दोस्रो पक्ष, अर्थात् पूर्व डीआईजी छविलाल जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दी, र अधिवक्ता अपूर्व खतिवडाले मुद्दामा कानुनी व्याख्या प्रस्तुत गरेका थिए।

सरकारी पक्षबाट पनि नायब महान्यायाधिवक्ता लोकराज पराजुलीसहित गोविन्द खनाल, दिनेश घिमिरे लगायत पाँचजना कानुन व्यवसायीले बहस गरेका थिए।

यता, उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यसअघि चैत २२ गते रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासबाट आएको उक्त आदेश जिल्ला अदालत रूपन्देहीको एक करोड धरौटीमा रिहा गर्ने आदेशविरुद्ध आएको थियो।

उच्च अदालतको आदेशअनुसार सोही दिन साँझ प्रहरीले रविलाई काठमाडौंस्थित हात्तीगौडा निवासबाट पक्राउ गरी रूपन्देही कारागार पुर्‍याएको थियो।

आजको सुनुवाइपछि अदालतले अन्तिम फैसला सुनाउने उच्च सम्भावना रहेको स्रोतहरू बताउँछन्। हिमाली सञ्चार यो मुद्दासम्बन्धी सबै नवीन विवरणसहित पाठकसामु जानकारी गराइरहनेछ।

 

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...