News Portal

रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

हिमालीसंचार संवाददाता
२३४ पटक

रामेछाप, जेठ ८ – रामेछापबाट मृतकको शव लिएर काठमाडौंतर्फ गइरहेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटनामा परेको छ। रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा–गोगनपानी भीत्री सडकखण्डमा अनियन्त्रित भइ झरेको उक्त एम्बुलेन्स दुर्घटनामा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटना बिहान करिब पौने ११ बजे भएको हो। दोरम्बाबाट शव लिएर काठमाडौं गइरहेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स करिब १०० मिटर तल खसेको थियो।

घटनाका बेला एम्बुलेन्समा चार जना सवार थिए। तीमध्ये चालक २४ वर्षीय सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले जानकारी दिए।

घाइतेहरूको प्रारम्भिक उपचारका लागि अर्को एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनास्थलमा एम्बुलेन्स र शव यथास्थानमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि तीव्र मोड र ओरालो सडक संरचनाका कारण सम्भावित ब्रेक फेल वा नियन्त्रण गुमिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...