News Portal

रामेछापबाट शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

हिमालीसंचार संवाददाता
१९९ पटक

रामेछाप, जेठ ८ – रामेछापबाट मृतकको शव लिएर काठमाडौंतर्फ गइरहेको एम्बुलेन्स बिहीबार बिहान दुर्घटनामा परेको छ। रामेछापको खाँडादेवी गाउँपालिका–३ चारघरेस्थित सित्खा–गोगनपानी भीत्री सडकखण्डमा अनियन्त्रित भइ झरेको उक्त एम्बुलेन्स दुर्घटनामा तीन जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दुर्घटना बिहान करिब पौने ११ बजे भएको हो। दोरम्बाबाट शव लिएर काठमाडौं गइरहेको प्रदेश ३–०१–००२ झ ५८०३ नम्बरको एम्बुलेन्स करिब १०० मिटर तल खसेको थियो।

घटनाका बेला एम्बुलेन्समा चार जना सवार थिए। तीमध्ये चालक २४ वर्षीय सुरेश मगर, ४१ वर्षीय नारायणबहादुर नेपाली र ५३ वर्षीय दिलबहादुर दमाई घाइते भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) भोला भट्टले जानकारी दिए।

घाइतेहरूको प्रारम्भिक उपचारका लागि अर्को एम्बुलेन्समार्फत धुलिखेल अस्पताल पठाइएको छ। दुर्घटनास्थलमा एम्बुलेन्स र शव यथास्थानमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहे पनि तीव्र मोड र ओरालो सडक संरचनाका कारण सम्भावित ब्रेक फेल वा नियन्त्रण गुमिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले घटनास्थलको निरीक्षण गरिरहेको छ।

 

प्रतिकृया दिनुहोस्

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...