News Portal

राष्ट्र बैंकमा गभर्नरको स्वागतसँगै पौडेलको पहिलो निर्णय : एक हजार र पचास रुपैयाँका नोट छपाइ प्रक्रिया सुरु

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौं, जेठ ७ – नेपाल राष्ट्र बैंकमा नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको स्वागत कार्यक्रम सम्पन्न भएसँगै उनले आफ्नो कार्यकालको पहिलो निर्णय लिँदै एक हजार र पचास रुपैयाँ दरका नयाँ नोट छपाइ प्रक्रिया सुरु गर्ने घोषणा गरेका छन्।

बुधबार बिहान सर्वोच्च अदालतमा प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतबाट शपथ लिएपछि गभर्नर पौडेलले राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पदभार ग्रहण गरेका थिए। त्यसक्रममा बैंकका उच्च अधिकारीहरू र कर्मचारीहरूले उनलाई औपचारिक स्वागत गरेका थिए।

पदभार ग्रहणलगत्तै उनले पहिलो निर्णयस्वरूप नयाँ नोट छपाइ प्रक्रियाको थालनी गरेका हुन्। डेपुटी गभर्नर बमबहादुर मिश्रका अनुसार, यो निर्णयअनुसार सर्वप्रथम नोटको नयाँ डिजाइन तयार गरिनेछ र त्यसपछि मात्र छपाइ प्रक्रिया अघि बढाइनेछ।

राष्ट्र बैंकले केही समयअघि मात्र नयाँ नोट छपाइका लागि छ वटा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई पहिलो चरणमा छनोट गरिसकेको छ। ती कम्पनीहरू दुई वर्षसम्मका लागि हुने नोट छपाइका टेण्डरहरूमा प्रतिस्पर्धा गर्न योग्य हुनेछन्।

गभर्नर पौडेलको यो निर्णयलाई व्यवस्थापकीय चुस्ती र मौद्रिक प्रणालीको सुदृढीकरणतर्फको प्रारम्भिक कदमका रूपमा हेरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १३ गतेको राशिफल

आज फागुन १३, २०८२ ( फेब्रुअरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

समाचारबारे हिमाली सञ्चारको औपचारिक स्पष्टीकरण

काठमाडौं । अनलाइन मिडिया हिमाली संचार डट कमले यसअघि प्रकाशित दुई समाचारसम्बन्धी खण्डन सार्वजनिक गरेको...

जजिरा एयरलाइन्सको लापरवाही १७ नेपाली यात्रुको सामान कुवेतमै अलपत्र, नेपाल ल्याउन फेरि शुल्क माग

कुवेत। कुवेतबाट काठमाडौँका लागि हिजो बेलुका उडेको जजिरा एयरलाइन्सको नियमित उडानमा १७ जना यात्रुको सामान...

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...