News Portal

  • शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी पक्राउ, पीडित युवतीको पहिचान सार्वजनिक गरेको अभियोग

    हिमालीसंचार संवाददाता
    १२९ पटक

    बुटवल, जेठ ६ – कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी मंगलबार प्रहरीको फन्दामा परेका छन्। पीडित युवतीको संवेदनशील पहिचान सार्वजनिक गरी गोपनीयता उल्लंघन गरेको अभियोगमा चौधरीमाथि रूपन्देही जिल्ला अदालतले विद्युतीय अपराध अन्तर्गत पक्राउ पुर्जी जारी गरेको थियो।

    गत जेठ १ गते अदालतबाट पक्राउ आदेश जारी भएपछि केही दिनसम्म सम्पर्कविहीन रहेका चौधरी अन्ततः आफैं इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका हुन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार चौधरीलाई खोजी गर्ने क्रममा उनी आफैं उपस्थित भएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

    चौधरीमाथि लागेको आरोप निकै गम्भीर प्रकृतिको छ। गत असोज ५ गते बुटवलमा बसोबास गर्ने एक युवती सामूहिक बलात्कारमा परेकी थिइन्। पीडितका अनुसार सन्तकुमार यादवले उनलाई अर्धचेत बनाएर देवीनगरस्थित एक घरमा लगेर बन्धक बनाउँदै बलात्कार गरेको उल्लेख छ। त्यस घटनामा यादवका साथी राजेश्वर चौधरी पनि संलग्न रहेको र गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरीले घटनास्थलमै पुगेर पीडितलाई धम्की दिएको भन्दै जाहेरी दर्ता गरिएको थियो।

    सुरुमा सन्तकुमार यादवलाई मात्र पक्राउ गरी मुद्दा अघि बढाइएपछि बाँकी अभियुक्तमाथि अनुसन्धान नगरेको भन्दै पीडित पक्षले फागुन २५ गते पूरक जाहेरी दिएका थिए। त्यसपछि अध्यक्ष चौधरीले आफ्नो कार्यकक्षमै पत्रकार सम्मेलन गरी पीडित युवतीको नाम र व्यक्तिगत विवरण सार्वजनिक गर्दै फेसबुकमा लाइभ गरेका थिए, जुन कार्यले विद्यमान कानूनको उल्लङ्घन भएको प्रहरीको भनाइ छ।

    इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी इन्द्र रानाका अनुसार यस्ता जघन्य प्रकृतिका घटनामा पीडितको पहिचान सार्वजनिक गर्नु गैरकानुनी मात्र होइन, अनैतिक पनि हो। त्यसैले चौधरीविरुद्ध पुनः जाहेरी दर्ता भई अनुसन्धान अगाडि बढाइएको छ।

    २०७९ सालको स्थानीय तह निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विजयी भएका अध्यक्ष चौधरीमाथि यसरी कानुनी प्रक्रिया सुरु भएपछि गाउँपालिकाको राजनीतिक र सामाजिक वातावरणमा चासो थपिएको छ। अब अदालतले प्रस्तुत प्रमाणका आधारमा के निर्णय गर्छ भन्ने प्रतिक्षामा जनसमुदाय रहेको देखिन्छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...