News Portal

गोकर्णेश्वर नयाँपाटीमा युवकको हत्या : पाँच जना पक्राउ

हिमालीसंचार संवाददाता
२१३ पटक

काठमाडौं, जेठ ६ – गोकर्णेश्वर नगरपालिका–२, नयाँपाटीस्थित एक किराना पसलअगाडि भएको भयावह आक्रमणमा परी ३७ वर्षीय युवक बलिन्द्र प्रकाश राईको ज्यान गएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।

३० वैशाखको राति करिब ९ बजेको समयमा किराना पसलमै बसिरहेका बेला राईमाथि योजनाबद्ध रुपमा समूहगत आक्रमण भएको थियो। आक्रमणबाट गम्भीर घाइते भएका राईलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि उनको ज्यान जोगाउन सकिएन।

घटनापछि सक्रिय अनुसन्धान थालेको प्रहरीले विभिन्न जिल्लाबाट पाँच जना युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामेछाप सुनापती गाउँपालिका–३ का २९ वर्षीय प्रवीण तामाङ, सर्लाही बागमती गाउँपालिका–३ का २३ वर्षीय समीर वाइवा तामाङ र २६ वर्षीय अभिषेक वाइवा तामाङ, सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दीपेन्द्र भुजेल, र काभ्रे चौरीदेउराली गाउँपालिका–७ का २८ वर्षीय अनुराग तामाङ छन्।

बौद्ध प्रहरी वृत्तको टोलीले विशेष सूचना र प्रविधिको सहयोगमा ती युवाहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ। उनीहरू विरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपीलराज बोहराले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...