News Portal

निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

रबिन्द्र बराल
२१३ पटक

मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना विद्यार्थीमध्ये १० जना अभिभावकलाई विद्यालय प्रशासनले सुनियोजित ढंगबाट अन्य विद्यालयमा पठनपाठनका लागि सर्टिफिकेट र मार्कसिट दिएर पठाएको रहस्य सार्वजनिक भएको छ।

वि.सं. २०१३ सालमा स्थानीय अभिभावकहरूले गाउँमै बालबालिकालाई पठनपाठन गराउनका लागि विद्यालय सञ्चालनमा ल्याएका थिए। विद्यालयमा बालकक्षादेखि कक्षा ६ सम्म पठनपाठनको अनुमति भए तापनि पछिल्लो समयमा राजनीतिक प्रतिशोधका कारण साना बालबालिकालाई शिक्षाबाट वञ्चित गर्ने खेल सुरु भएको हो।

नगरपालिकाले विद्यालय तहगत रूपमा सञ्चालन गर्दै प्राचार्यहरूको व्यवस्था गर्ने योजना अघि सारेपछि विवाद सुरु भएको हो। करिब दुई वर्षअघि रंगेली नगरपालिका र शिक्षा शाखाको सहमतिमा शिक्षकहरूको पदस्थापन प्रक्रिया सुरु भएको थियो। नगरपालिकाले निचामारी विद्यालयका लागि प्रअ कुन्दन कुमार साहलाई प्राथमिक तहको प्राचार्यको रूपमा नियुक्त गरे पनि विद्यालय आधारभूत तहको भएकाले त्यो जिम्मेवारी पब्लिक उच्च माध्यमिक विद्यालयअन्तर्गतका निम्न माध्यमिक शिक्षक हर्क पौडेललाई दिने निर्णय गरिएको थियो।

तर विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तथा केही अभिभावकहरूले कुन्दन कुमार साह नै प्रअ हुनुपर्ने माग गर्दै पौडेललाई विद्यालयमा हाजिर हुन दिएनन्। त्यसपछि नगरपालिकाले पठाएका शिक्षक हर्क पौडेलले १८ महिनासम्म विद्यालयमा हाजिर हुन नपाएपछि उनी शिक्षा शाखामा हाजिर रहेका थिए।

केही साताअघि पुनः अंग्रेजी विषयका निम्न माध्यमिक शिक्षक खगेन्द्र साडाईलाई प्रअको जिम्मेवारी दिइएको भए पनि अहिलेसम्म औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छैन।

यसैबीच, प्रअ कुन्दन कुमार साह निजी कामका सिलसिलामा केही दिन बिदामा जानुअघि नै कक्षा ५ बाट कक्षा ६ मा उक्लिएका विद्यार्थीहरूलाई अन्य विद्यालयमा पठाउने निर्णयसहित सर्टिफिकेट र मार्कसिटमा हस्ताक्षर तथा छाप गरेका थिए। त्यसपछि, विद्यालयले २०८२ बैशाख ३१ गते कक्षा ६ मा पढाइ नहुने भन्दै सबै बालबालिकालाई सर्टिफिकेट दिई विद्यालयबाट निस्कासन गरेको अभिभावकहरूले बताएका छन्।

हाल विद्यालयमा केवल १ जना विद्यार्थी मात्र कक्षा ६ मा अध्ययनरत छन्। अभिभावकहरूको अनुसार १० जना विद्यार्थीलाई अन्य विद्यालयमा जान सिफारिस गरिएको छ। यद्यपि विद्यालयमा हाल झण्डै २०० जना बालबालिका अध्ययनरत रहेका छन्।

रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले विद्यालयसम्बन्धी घटनाको वास्तविकता बुझ्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै दोषी जो भए पनि कानुन अनुसार कारबाही गरिने स्पष्ट पारे।

विद्यालयका निमित्त प्रअका अनुसार, अभिभावकहरूले सर्टिफिकेट माग गरेपछि विद्यालयले सोही अनुसार सर्टिफिकेट उपलब्ध गराएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...