News Portal

  • निचामारी विद्यालयका कक्षा ६ मा पढ्ने सबै विद्यार्थीहरूलाई अन्यत्र पठाइयो

    रबिन्द्र बराल
    ८५ पटक

    मोरङ, जेठ ४ – रंगेली–७ स्थित निचामारी आधारभूत विद्यालयले कक्षा ५ उत्तीर्ण गरेका २५ जना विद्यार्थीमध्ये १० जना अभिभावकलाई विद्यालय प्रशासनले सुनियोजित ढंगबाट अन्य विद्यालयमा पठनपाठनका लागि सर्टिफिकेट र मार्कसिट दिएर पठाएको रहस्य सार्वजनिक भएको छ।

    वि.सं. २०१३ सालमा स्थानीय अभिभावकहरूले गाउँमै बालबालिकालाई पठनपाठन गराउनका लागि विद्यालय सञ्चालनमा ल्याएका थिए। विद्यालयमा बालकक्षादेखि कक्षा ६ सम्म पठनपाठनको अनुमति भए तापनि पछिल्लो समयमा राजनीतिक प्रतिशोधका कारण साना बालबालिकालाई शिक्षाबाट वञ्चित गर्ने खेल सुरु भएको हो।

    नगरपालिकाले विद्यालय तहगत रूपमा सञ्चालन गर्दै प्राचार्यहरूको व्यवस्था गर्ने योजना अघि सारेपछि विवाद सुरु भएको हो। करिब दुई वर्षअघि रंगेली नगरपालिका र शिक्षा शाखाको सहमतिमा शिक्षकहरूको पदस्थापन प्रक्रिया सुरु भएको थियो। नगरपालिकाले निचामारी विद्यालयका लागि प्रअ कुन्दन कुमार साहलाई प्राथमिक तहको प्राचार्यको रूपमा नियुक्त गरे पनि विद्यालय आधारभूत तहको भएकाले त्यो जिम्मेवारी पब्लिक उच्च माध्यमिक विद्यालयअन्तर्गतका निम्न माध्यमिक शिक्षक हर्क पौडेललाई दिने निर्णय गरिएको थियो।

    तर विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तथा केही अभिभावकहरूले कुन्दन कुमार साह नै प्रअ हुनुपर्ने माग गर्दै पौडेललाई विद्यालयमा हाजिर हुन दिएनन्। त्यसपछि नगरपालिकाले पठाएका शिक्षक हर्क पौडेलले १८ महिनासम्म विद्यालयमा हाजिर हुन नपाएपछि उनी शिक्षा शाखामा हाजिर रहेका थिए।

    केही साताअघि पुनः अंग्रेजी विषयका निम्न माध्यमिक शिक्षक खगेन्द्र साडाईलाई प्रअको जिम्मेवारी दिइएको भए पनि अहिलेसम्म औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको छैन।

    यसैबीच, प्रअ कुन्दन कुमार साह निजी कामका सिलसिलामा केही दिन बिदामा जानुअघि नै कक्षा ५ बाट कक्षा ६ मा उक्लिएका विद्यार्थीहरूलाई अन्य विद्यालयमा पठाउने निर्णयसहित सर्टिफिकेट र मार्कसिटमा हस्ताक्षर तथा छाप गरेका थिए। त्यसपछि, विद्यालयले २०८२ बैशाख ३१ गते कक्षा ६ मा पढाइ नहुने भन्दै सबै बालबालिकालाई सर्टिफिकेट दिई विद्यालयबाट निस्कासन गरेको अभिभावकहरूले बताएका छन्।

    हाल विद्यालयमा केवल १ जना विद्यार्थी मात्र कक्षा ६ मा अध्ययनरत छन्। अभिभावकहरूको अनुसार १० जना विद्यार्थीलाई अन्य विद्यालयमा जान सिफारिस गरिएको छ। यद्यपि विद्यालयमा हाल झण्डै २०० जना बालबालिका अध्ययनरत रहेका छन्।

    रंगेली नगरपालिकाका मेयर दिलीप बगडियाले विद्यालयसम्बन्धी घटनाको वास्तविकता बुझ्ने प्रक्रिया अघि बढाइएको जानकारी दिँदै दोषी जो भए पनि कानुन अनुसार कारबाही गरिने स्पष्ट पारे।

    विद्यालयका निमित्त प्रअका अनुसार, अभिभावकहरूले सर्टिफिकेट माग गरेपछि विद्यालयले सोही अनुसार सर्टिफिकेट उपलब्ध गराएको बताएका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गुटको आधारमा अनुशासनको डण्डा चलाउनु हुँदैन : दीपक गिरी

    काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले पार्टीभित्र गुटको आधारमा अनुशासनको डण्डा चलाउन नहुने बताएका...

    आज २०८२ साल असार २१ गतेको राशिफल

    आज असार २१, २०८२ (जुलाई ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...