News Portal

  • गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

    हिमालीसंचार संवाददाता
    २३५ पटक

    गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

    गैरआवासीय नेपाली संघ एक विशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो। यो संस्था नेपालबाहिर रहेका नेपालीपन र नेपाली मन भएका नेपाली मूलका नेपाली भाषीहरूको लागि स्थापना गरिएको साझा छाता संस्था हो। यस संस्थामा आज विश्वलाई नजिकबाट प्रत्यक्ष नियाल्ने ब्रिटिश लर्डदेखि लिएर विभिन्न देशका विश्वविद्यालयका प्राध्यापकहरू, विश्वका धनाढ्य व्यवसायीहरू, पत्रकार, खेलाडी, बुद्धिजीवी, डाक्टरहरू, युरोप, एसिया, अफ्रिका हुँदै खाडी मुलुकका सामान्य श्रमिकहरू समेत आबद्ध छन्।

    तर दुर्भाग्यवश, केही वर्षदेखि यो संस्था राजनीतिक पार्टीहरूका स्वार्थका लागि विभाजित हुँदै गएको छ, जुन आफैंमा दुर्भाग्यपूर्ण कुरा हो। यसरी हुँदा, हामी सबैको हकहितका लागि उठाइएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा परिरहेका छन्। विडम्बना त के भने, हामीले सरकारविरुद्ध लड्नु पर्ने ठाउँमा अहिले आफ्नै दाजुभाइ आपसमा लडिरहेका छौं। यसको प्रत्यक्ष फाइदा भने सधैंजसो सरकारमा रहेका ठूला दलहरूले लिइरहेका छन्।

    अब समय आएको छ — गैरआवासीय नेपाली संघको एकीकृत अन्तर्राष्ट्रिय महाधिवेशन (३/४ मे २०२५) सम्माननीय सर्वोच्च अदालतको परमादेशअनुसार उच्चस्तरीय समितिमार्फत नेपाल सरकार, परराष्ट्र मन्त्री डा. अर्जु राणा देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भइसकेको छ। उक्त अधिवेशनले अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति स्वीकृत गरेको छ।

    अब हामी दाजुभाइहरू पदका लागि होइन, सरकारसँग हामी सबैको हकहितका लागि लड्नुपर्छ। जन्मसिद्ध वंशजको नागरिकता यथावत राख्नका लागि लड्नुपर्छ। श्रमिकहरूको समस्याको समाधानका लागि लड्नुपर्छ।

    गैरआवासीय नेपाली संघ बाट सरकारको कुनै तलब भत्ता नलिई, प्रत्यक्ष रूपमा प्रतिनिधिसभा सदस्य हुँदै संसदसम्म पुगेर हाम्रा मागहरू पूरा गराऔं। अनि मात्र हामी साँचो अर्थमा गैरआवासीय नेपाली बन्न सक्छौं।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    इजरायलमा विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडौं, २६ असोज – इजरायलमा रहेका नेपाली नागरिक विपिन जोशीको हालको अवस्था अझै स्पष्ट छैन।...

    महेश बस्नेतले महावीर पुनको जेनजी सन्देशको समर्थन गरे

    काठमाडौँ, असोज २६ – नेकपा एमालेका स्थायी समिति सदस्य महेश बस्नेतले शिक्षामन्त्री महावीर पुनले जेनजी...

    नेपाल राष्ट्र बैंकले एटीएम निकासी सीमा घटायो

    काठमाडौँ, असोज २६ — नेपाल राष्ट्र बैंकले एटीएममार्फत नगद निकाल्न सकिने रकमको सीमा घटाउने निर्णय...

    आज २०८२ साल असोज २६ गतेको राशिफल

    आज असोज २६, २०८२ (अक्टोबर १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    आज २०८२ साल असोज २५ गतेको राशिफल

    आज असोज २५, २०८२ (अक्टोबर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...