News Portal

गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

हिमालीसंचार संवाददाता
३५० पटक

गैरआवासीय नागरिक र श्रमिकहरूको हकहितका लागि खोलिएको गैरआवासीय नेपाली संघ, राजनीतिक खिचातानीका कारण आफ्नै मुद्दाहरू ओझेलमा

गैरआवासीय नेपाली संघ एक विशुद्ध गैरराजनीतिक सामाजिक संस्था हो। यो संस्था नेपालबाहिर रहेका नेपालीपन र नेपाली मन भएका नेपाली मूलका नेपाली भाषीहरूको लागि स्थापना गरिएको साझा छाता संस्था हो। यस संस्थामा आज विश्वलाई नजिकबाट प्रत्यक्ष नियाल्ने ब्रिटिश लर्डदेखि लिएर विभिन्न देशका विश्वविद्यालयका प्राध्यापकहरू, विश्वका धनाढ्य व्यवसायीहरू, पत्रकार, खेलाडी, बुद्धिजीवी, डाक्टरहरू, युरोप, एसिया, अफ्रिका हुँदै खाडी मुलुकका सामान्य श्रमिकहरू समेत आबद्ध छन्।

तर दुर्भाग्यवश, केही वर्षदेखि यो संस्था राजनीतिक पार्टीहरूका स्वार्थका लागि विभाजित हुँदै गएको छ, जुन आफैंमा दुर्भाग्यपूर्ण कुरा हो। यसरी हुँदा, हामी सबैको हकहितका लागि उठाइएका महत्त्वपूर्ण मुद्दाहरू ओझेलमा परिरहेका छन्। विडम्बना त के भने, हामीले सरकारविरुद्ध लड्नु पर्ने ठाउँमा अहिले आफ्नै दाजुभाइ आपसमा लडिरहेका छौं। यसको प्रत्यक्ष फाइदा भने सधैंजसो सरकारमा रहेका ठूला दलहरूले लिइरहेका छन्।

अब समय आएको छ — गैरआवासीय नेपाली संघको एकीकृत अन्तर्राष्ट्रिय महाधिवेशन (३/४ मे २०२५) सम्माननीय सर्वोच्च अदालतको परमादेशअनुसार उच्चस्तरीय समितिमार्फत नेपाल सरकार, परराष्ट्र मन्त्री डा. अर्जु राणा देउवाको प्रमुख आतिथ्यमा सम्पन्न भइसकेको छ। उक्त अधिवेशनले अध्यक्ष महेश कुमार श्रेष्ठको नेतृत्वमा कार्यसमिति स्वीकृत गरेको छ।

अब हामी दाजुभाइहरू पदका लागि होइन, सरकारसँग हामी सबैको हकहितका लागि लड्नुपर्छ। जन्मसिद्ध वंशजको नागरिकता यथावत राख्नका लागि लड्नुपर्छ। श्रमिकहरूको समस्याको समाधानका लागि लड्नुपर्छ।

गैरआवासीय नेपाली संघ बाट सरकारको कुनै तलब भत्ता नलिई, प्रत्यक्ष रूपमा प्रतिनिधिसभा सदस्य हुँदै संसदसम्म पुगेर हाम्रा मागहरू पूरा गराऔं। अनि मात्र हामी साँचो अर्थमा गैरआवासीय नेपाली बन्न सक्छौं।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...