
आज जेठ ४, २०८२ (मे १८, २०२५) को राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन मेष राशि हुनेहरूका लागि ऊर्जा र जोशले भरिएको रहनेछ। अघिसम्म अलमलिएको वा रुकावट आएको काम पुनः गति लिन सक्छ। आत्मबलमा उल्लेखनीय वृद्धि हुनेछ, जसका कारण निर्णय क्षमता बलियो हुनेछ। प्रेम सम्बन्धमा न्यानोपन महसुस हुनेछ। यदि तपाईं कसैसँग मनका कुरा गर्न चाहनुहुन्छ भने आज उपयुक्त समय हो। विवाहित जीवनमा पनि समझदारी र विश्वास गहिरिनेछ। स्वास्थ्यतर्फ, टाउको दुख्ने, मांसपेशी खिच्ने वा थकान महसुस हुन सक्छ, तर गम्भीर समस्या देखिँदैन। पर्याप्त विश्राम लिनुहोस्। आर्थिक पक्षमा सुधार आउने संकेत छ। केही समयदेखि पर्खिरहेको रकम फिर्ता हुन सक्छ। नयाँ लगानी वा किनमेल गर्ने विचार भएमा दिन अनुकूल छ। पारिवारिक सम्बन्ध सुदृढ रहनेछ। घरमा सानो जमघट वा बैठक हुनसक्छ, जसले मनमा सान्त्वना दिनेछ। यात्रा गर्दा साधनसाधनमा सावधानी अपनाउनुहोस्। शिक्षामा सुधार देखिन्छ र विद्यार्थी वर्गका लागि ध्यान केन्द्रित गर्ने राम्रो समय हो। प्रतिस्पर्धात्मक परीक्षामा तयारी तीव्र बनाउनुहोस्। (शुभ रङ : रातो, शुभ अंक : ९, ५)
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशि भएकाहरूका लागि आजको दिन भावनात्मक रूपमा सशक्त बन्नेछ। मनको कुरा खुलस्त रूपमा व्यक्त गर्न सकिने समय आएको छ। प्रेम जीवनमा रोमान्टिकता छाउनेछ, र लामो समयदेखि मनमा लुकाएको प्रस्ताव राख्न चाहनुहुन्छ भने राम्रो समय हो। विवाहित जोडीहरूबीच परस्पर विश्वास बढ्नेछ। स्वास्थ्यमा पुरानो रोगको सुधार देखिन सक्छ। मानसिक रूपले शान्त र सन्तुलित महसुस गर्नु हुनेछ। आर्थिक पक्षमा अचानक लाभको सम्भावना छ। कामको सिलसिलामा विदेशसँग सम्बन्धित कुराहरू अगाडि बढ्न सक्छन्। व्यापार–व्यवसायमा नयाँ अवसर देखापर्नेछन्। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। तपाईंको विचार र सुझावलाई परिवारले सम्मानपूर्वक ग्रहण गर्नेछन्। अध्ययनतर्फ प्रगति हुनेछ, विशेष गरी सिर्जनात्मक विषयमा संलग्न विद्यार्थीलाई लाभ हुनेछ। (शुभ रङ : सेतो, शुभ अंक : ६, २)
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि आजको दिन चुनौतीपूर्ण हुनसक्छ। बोल्दा वा लेख्दा सन्तुलित भाषाको प्रयोग गर्नु अत्यन्त जरुरी छ। प्रेम सम्बन्धमा सानो कुराले ठूलो रूप लिन सक्छ, तर संवाद र धैर्य अपनाएमा सम्बन्ध सुधारिने सम्भावना प्रबल छ। स्वास्थ्यमा अपच, ग्यास वा टाउको भारी हुने समस्या देखिन सक्छ। पानीको सेवन बढाउनुहोस् र मसलादार खाना कम गर्नु उपयुक्त हुनेछ। आर्थिकरूपमा खर्चमा नियन्त्रण राख्न नसक्दा तनाव सिर्जना हुन सक्छ। लगानी सोचेर मात्र गर्नुहोस्। पारिवारिक दृष्टिले दिन सामान्य रहनेछ, तर साथीभाइसँग अनावश्यक बहस वा विवाद टार्नुहोस्। अध्ययनमा ध्यान केन्द्रित गर्न कठिन हुनसक्छ, त्यसैले व्यवस्थित तालिका बनाउनु उचित हुनेछ। (शुभ रङ : हरियो, शुभ अंक : ७, ३)
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशि भएकाहरूका लागि आजको दिन आत्मनिरीक्षण र भविष्य योजनाका लागि उपयुक्त छ। लामो समयदेखि अलमलिएको योजनालाई स्पष्ट दिशामा लैजान सकिने समय आएको छ। प्रेम सम्बन्धमा गहिरो समझदारी र आत्मीयता बढ्नेछ। परिवारको सहमतिमा विवाह वा नयाँ सम्बन्धको चर्चा हुनसक्छ। स्वास्थ्यमा पुराना लक्षणहरू कम हुँदै जान्छन्। एलर्जी वा रुघाखोकीबाट भने सर्तक रहनुहोस्। आर्थिक हिसाबले दिन फाइदाजनक छ। तपाईँले गरेका लगानीबाट लाभ मिल्न सक्छ। कुनै समयदेखि चाहेको इलेक्ट्रोनिक सामान वा गाडी किन्ने विचार पनि बलियो बन्न सक्छ। पारिवारिक वातावारण रमाइलो रहनेछ। अभिभावक वा जेष्ठको सल्लाहले निर्णय लिन सजिलो हुने देखिन्छ। यात्राका लागि समय शुभ देखिन्छ, विशेषगरी अध्ययन वा कामको सिलसिलामा गरिने यात्रा लाभदायक हुनेछ। (शुभ रङ : पहेँलो, शुभ अंक : १, ४)
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि भएका व्यक्तिहरूको आजको दिन सामाजिक, व्यवसायिक र व्यक्तिगत सम्बन्धमा सकारात्मक परिवर्तन देखिन्छ। व्यक्तित्वमा चमक आउनेछ र तपाईंले बोलेका कुरा अरूले गम्भीरतापूर्वक लिनेछन्। आत्मबल र आत्मविश्वास अत्यधिक बढ्नेछ। प्रेम सम्बन्धमा मिठास देखिन्छ। एकअर्काप्रति समर्पणको भावना बलियो बन्नेछ। प्रेम प्रस्ताव राख्न वा सँगै भविष्य निर्माणको योजना बनाउनु उपयुक्त हुनेछ। स्वास्थ्य पक्ष सन्तोषजनक रहनेछ। पुराना रोगहरूमा सुधार आउनेछ। मानसिक शान्ति रहने भएकाले कार्यक्षमता पनि राम्रो देखिन्छ। आर्थिक दृष्टिले आजको दिन फाइदाजनक छ। लगानी, कारोबार वा घरजग्गासँग सम्बन्धित योजना अगाडि बढाउन सकिने समय हो। व्यापारमा लाभांश मिल्ने सम्भावना छ। पारिवारिक वातावरण सन्तुलित रहनेछ। घरमा केही रमाइलो कार्यक्रम वा सरसफाइजस्ता गतिविधिमा संलग्न हुने मौका मिल्नेछ। विद्यार्थी र जागिरेहरूका लागि आजका निर्णयहरूले दीर्घकालीन फाइदा पुर्याउनेछन्। (शुभ रङ : सुन्तले, शुभ अंक : ८, १)
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि आजको दिन सोचेर मात्र कदम चाल्नुपर्नेछ। मानसिक द्विविधा वा भावनात्मक उतारचढावको अवस्था आउन सक्छ। प्रेम सम्बन्धमा मतभेद वा दूरी महसुस हुन सक्छ, तर गम्भीर संवाद र बुझाइबाट समाधान मिल्ने सम्भावना छ। विवाहितहरूको जीवनमा पनि सन्तुलन आवश्यक हुनेछ। स्वास्थ्यमा थकान, अपच, वा अनिद्राको समस्या देखिन सक्छ। शरीरलाई आराम दिनुहोस र तनाव नलिनुहोला। आर्थिक अवस्था सामान्य रहनेछ, तर फजुल खर्चको सम्भावना उच्च छ। खर्च गर्दा योजनाबद्ध तरिकाले गर्नु आवश्यक हुनेछ। पारिवारिक वातावरणमा केहि असहजता हुनसक्छ, विशेषगरी वैचारिक असमझदारीका कारण। त्यसैले बोलीमा नियन्त्रण राख्नुहोस्। यात्राका लागि समय त्यति अनुकूल छैन। अध्ययनमा केन्द्रीकरण गर्न गाह्रो महसुस हुनसक्छ, त्यसैले ध्यान केन्द्रित गर्ने अभ्यास गर्नु आवश्यक छ। (शुभ रङ : खैरो, शुभ अंक : ५, २)
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि भएकाहरूको लागि आजको दिन सामाजिक सम्पर्क, मित्रता र सञ्जाल विस्तारको दृष्टिले लाभदायक छ। प्रेम जीवनमा नयाँ उत्साह देखा पर्नेछ। मनमा रहेको कुरालाई आज प्रष्ट रुपमा भन्न सकिने समय हो। विवाहित जोडीहरूबीच सामीप्यता र समझदारी बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। शरीरमा ऊर्जा र जोशको संचार हुनेछ। मानसिक रूपले पनि सजगता अनुभव हुनेछ। आर्थिक लाभको योग रहेको दिन हो। विशेषगरी कुनै नयाँ व्यवसाय वा पार्ट टाइम कामको प्रस्ताव आइपर्न सक्छ। लगानी गर्दा दीर्घकालीन लाभ सोचेर गर्नुपर्छ। पारिवारिक सुख-शान्ति कायम रहनेछ। परिवारको सहयोगले तपाईंको मनोबल अझ बलियो बन्नेछ। विद्यार्थीहरूका लागि अध्ययनमा सुधार आउने संकेत छन्। प्रतिस्पर्धात्मक परीक्षाको तयारीका लागि अनुकूल समय हो। (शुभ रङ : गुलाबी, शुभ अंक : ३, ९)
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका जातकहरूको लागि आजको दिन हर्षोल्लास र आत्मसन्तुष्टिका साथ बित्नेछ। लामो समयदेखि मनमा रहेको बोझ हल्का हुनेछ। प्रेम सम्बन्धमा गहिरो आत्मीयता र विश्वासको भावना बलियो बन्नेछ। विवाहितहरूका लागि पनि सम्बन्धमा ताजगी आउने संकेत देखिन्छ। स्वास्थ्यमा नयाँ ऊर्जा महसुस हुनेछ। विशेष सुधारको अवस्था देखिन सक्छ, विशेषगरी मानसिक स्वास्थ्यतर्फ। आर्थिक पक्ष सुदृढ हुनेछ। ऋण तिर्ने वा नयाँ आर्थिक योजना बनाउने राम्रो समय हो। व्यापार र कारोबारमा प्रगति देखिन्छ। पारिवारिक सम्बन्धमा एकता र सहयोगको भावना बलियो बन्नेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ। यात्राका लागि अनुकूल समय हो, विशेषगरी साथीभाइसँगको छोटो भ्रमण सुखद रहन सक्छ। (शुभ रङ : निलो, शुभ अंक : ४, ६)
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
धनु राशि भएका व्यक्तिहरूका लागि आजको दिन पूर्वनिर्धारित योजनाहरू कार्यान्वयन गर्ने उपयुक्त समय हो। अघिपछि गरेका निर्णयहरू आज सही सावित हुनसक्छन्। प्रेम सम्बन्धमा स्थिरता र परिपक्वता देखिन्छ। मनको कुरा नछोपिकन भन्न सकेमा सम्बन्ध अझ बलियो हुनेछ। स्वास्थ्यतर्फ शरीरमा ताजगी र सक्रियता अनुभव हुनेछ। नयाँ कुराहरू सिक्ने इच्छा जाग्नेछ। आर्थिक पक्ष बलियो रहनेछ। व्यापार, जागिर वा पार्टनरशिपमा लगानी गर्ने राम्रो समय हो। पारिवारिक जीवन सुखद र सहयोगी रहनेछ। विद्यार्थीहरूका लागि नयाँ विषयमा लगाव बढ्नेछ। प्रतियोगितामा सफलता प्राप्त गर्ने सम्भावना छ। यात्रा वा तालिमको अवसर मिल्न सक्छ। (शुभ रङ : सुन्तला, शुभ अंक : ७, ५)
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशि भएकाहरूको लागि आजको दिन धैर्य, संयम र लगनको आवश्यकता पर्नेछ। भावनामा बहकिने सम्भावना छ, त्यसैले निर्णयमा विवेक प्रयोग गर्नु जरुरी छ। प्रेम सम्बन्धमा साना कुराले मतभेद निम्त्याउन सक्छ, तर स्पष्ट संवादबाट समाधान सम्भव छ। स्वास्थ्यमा सामान्य कमजोरी वा थकानको अनुभव हुन सक्छ। खानपानमा ध्यान दिनु उपयुक्त हुन्छ। आर्थिक अवस्था यथावत् रहनेछ। अप्रत्याशित खर्चले तनाव आउन सक्छ। पारिवारिक मतभेद समाधान गर्न प्रयास गर्नु पर्ने दिन हो। शैक्षिक जीवनमा ध्यान केन्द्रित गर्न कठिनाई हुन सक्छ। कुनै नकारात्मक समाचारले मानसिक प्रभाव पार्न सक्छ, तर धैर्य र आत्मविश्वासले परिस्थितिको सामना गर्न सकिनेछ। (शुभ रङ : नीलो, शुभ अंक : २, ८)
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका जातकहरूका लागि आजको दिन नयाँ विचार, योजना र सम्भावनाले भरिएको छ। मनमा सकारात्मक ऊर्जा र नवीनताका भावना देखा पर्नेछ। प्रेम सम्बन्धमा परिपक्वता र भावनात्मक नजिकपना आउन सक्छ। साथीभाइको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार देखा पर्नेछ। विशेषगरी मानसिक तनावबाट राहत पाइनेछ। आर्थिक दृष्टिले लाभदायक दिन हो। पुरानो ऋण तिर्न सकिनेछ वा नयाँ आम्दानीको स्रोत खुल्ने संकेत देखिन्छ। पारिवारिक सुख-शान्ति कायम रहनेछ। घरको वातावरण मिलनसार र सन्तुलित रहनेछ। शिक्षा, प्रतिस्पर्धा र तालिमतर्फ राम्रो सफलता मिल्ने समय हो। लामो समयदेखि चाहेको अवसर प्राप्त हुने सम्भावना छ। (शुभ रङ : बैजनी, शुभ अंक : ६, १)
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
मीन राशिका जातकहरूका लागि आजको दिन आत्मनिरीक्षण र भावनात्मक सन्तुलनको समय हो। केही पुराना कुराहरू सम्झिँदा मन अलि अस्थिर हुनसक्छ, तर त्यो क्षणिक हुनेछ। प्रेममा संवादको अभावले दूरी निम्त्याउन सक्छ, त्यसैले कुराकानीमा स्पष्टता आवश्यक छ। स्वास्थ्यमा थकान, रक्तचाप वा निन्द्रा समस्याले सताउन सक्छ। ध्यान र योगमा समय दिनु लाभदायक हुनेछ। आर्थिक पक्ष अलि चापयुक्त हुन सक्छ, विशेषगरी फजुल खर्चका कारण। बजेट अनुसार खर्च गर्नु उपयुक्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। मनको कुरा बाँड्ने साथी वा आफन्त पाउनु हुनेछ। पढाइ र आत्मविकासका लागि उपयुक्त दिन हो। केही समय आफूलाई दिने, पुस्तक पढ्ने वा सिर्जनात्मक कार्यमा व्यस्त रहने राम्रो अवसर मिल्नेछ। (शुभ रङ : खैरो, शुभ अंक : ९, ३)
तपाईंको दिन शुभ रहोस्!
