News Portal

कपिलवस्तुमा कारको ठक्करले लियो दुई महिलाको ज्यान

हिमालीसंचार संवाददाता
२७२ पटक

बुटवल, जेठ २ – कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा शुक्रबार बिहान भएको एक सवारी दुर्घटनाले दुई जनाको ज्यान लिएको छ। मर्निङ वाकमा निस्किएका दुई महिला एक कारको ठक्करमा परेर मृत्युवरण गर्न पुगेका हुन्।

बुद्धभूमि नगरपालिका–१, वसन्तपुरस्थित सडकखण्डमा बिहान करिब ६ बजेको समयमा गोरुसिंगेतर्फ आइरहेको बिएबी ९५९९ नम्बरको कारले दुई महिलालाई ठक्कर दिएको थियो। घटनामा गम्भीर घाइते भएका बुद्धभूमि–१ गोरुसिंगे निवासी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीलाई उपचारको लागि जिल्ला अस्पताल तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलका अनुसार, ती दुवै महिला प्रत्येक दिन बिहानै मर्निङ वाकमा निस्कने गर्थे। विहानको समयमा परिवारका सदस्यहरूसहित कुलपूजाबाट फर्किंदै गरेको उक्त कारले ती महिलाहरूलाई बसन्तपुरमा ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

दुर्घटनापछि गाडीका चालक, रूपन्देही सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। श्रेष्ठले दिएको प्रारम्भिक बयान अनुसार, महिलाहरू सडक पार गर्ने क्रममा अचानक सडकको बीच भागमा आइपुगेका र सोही बेला तीव्र गतिमा आइरहेको कारको ठक्करबाट दुर्घटना भएको हो।

घटनापछि कारसहित चालक इलाका प्रहरी कार्यालय गोरुसिंगेको नियन्त्रणमा छन् र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो दुर्भाग्यपूर्ण घटनाले स्थानीय समुदायलाई स्तब्ध बनाएको छ। बिहानको शान्त वातावरणमा गरिएको सामान्य स्वास्थ्य अभ्यास नै यति ठूलो दुर्घटनामा परिणत हुँदा स्थानीयहरू शोकमा छन्।

प्रतिकृया दिनुहोस्

मध्यपूर्वमा तनाव चर्किने संकेत, कुवेतमा मिसाइल र ड्रोन आक्रमण विफल

कुवेत — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कुवेतमा इरानद्वारा गरिएको मिसाइल तथा ड्रोन आक्रमणलाई यहाँका...

भोलि राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण देखिने

काठमाडौं, फागुन १८ – मंगलबार राति नेपालबाट खण्डग्रास चन्द्रग्रहण अवलोकन गर्न सकिने भएको छ। नेपाल...

रौतहटमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि

रौतहट, फागुन १८ — रौतहटको राजपुर नगरपालिका–५ स्थित मुख्य सडकमा सोमबार बिहान फेला परेको शंकास्पद...

आज २०८२ साल फागुन १८ गतेको राशिफल

आज फागुन १८, २०८२ ( मार्च २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन १७ गतेको राशिफल

आज फागुन १७, २०८२ ( मार्च १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...