News Portal

*** गजल ***

हिमाली संचार संवाददाता
८६८ पटक

दिपक आचार्य “जलन”

प्रगती छैन र त जिन्दगी खत्तम लाग्छ
मेरो भागमा दु:ख बढी खुसि कम लाग्छ

म दिन रात नभनी पसिना बगाउछु
अझै अभाव मेरो पछि हरदम लाग्छ

मलाइ गाह्रो पर्दा मुख लुकाएर हिड्यौ
तिमिलाइ आफ्नो भन्न पनि सरम लाग्छ

मिलनमा माया गुलाफको फुल जस्तो हो
तर बिछोडमा जहर लाग्छ बम लाग्छ

यहाँ पलभरमै सुनामी ल्याउन सक्ने
तिम्रो मुस्कान र हेराइ अनुपम लाग्छ

दुखी हुनुहोस आँसु खसालिदिनु होस
बैरिलाइ यहि पल त रमझम लाग्छ

बर्दिया, हाल – साउदी अरब

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...