News Portal

पानीजहाज विधेयकमा ‘तोकिए बमोजिम’ शब्दप्रति असन्तुष्टि, संशोधनतर्फ विधायन समिति

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं, जेठ १ – राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी विधेयकमा देखिएको विवादास्पद विषयमा गम्भीर छलफल अघि बढाएको छ। समितिले विधेयकको प्रतिवेदन तयार गरिसकेको छ भने आज दिउँसो १ बजे बस्ने बैठकमा उक्त प्रतिवेदनमाथि औपचारिक छलफल हुने तयारी भइरहेको छ।

विधेयकमा अत्यधिक प्रयोग भएको ‘तोकिए बमोजिम’ भन्ने शब्दलाई लिएर सांसदहरूबीच चासो र असन्तुष्टि देखिएको छ। सांसदहरूको आरोप छ— यो शब्दले कार्यपालिकालाई अत्यधिक अधिकार सुम्पिन्छ, जसले विधायिका र कार्यपालिकाबीचको सन्तुलन भङ्ग हुन सक्छ।

९१ वटा दफा रहेको विधेयकमा ९५ पटकसम्म ‘तोकिए बमोजिम’ भन्ने शब्द प्रयोग भएको तथ्यले समिति स्वयंलाई पनि संशोधन आवश्यक रहेको संकेत दिएको छ। समितिले अधिकार प्रत्यायोजन सम्बन्धी विषयवस्तुहरूलाई एकै ठाउँमा समेट्ने र आवश्यक नदेखिएका ठाउँमा सो शब्द घटाउने तयारी गरेको जनाएको छ।

समितिको यो प्रयासले विधेयकलाई थप स्पष्ट, जवाफदेही र सन्तुलित बनाउने आशा गरिएको छ। संसदमा विधेयक प्रस्तुत भएपछि प्राप्त सुझाव र आलोचनालाई ध्यानमा राख्दै विधायन समिति संशोधनको दिशामा अघि बढेको देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...