News Portal

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

हिमालीसंचार संवाददाता
२०१ पटक

काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको बजारमा एक्कासि आएको यो गिरावटले व्यवसायीदेखि उपभोक्तासम्म सबैलाई चकित पारेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको नयाँ मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य एकैदिन ३ हजार ५ सय रुपैयाँले घट्नु नेपाली बजारमा निकै ठूलो घटना मानिएको छ।

सुनको मात्र होइन, चाँदीको भाउमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ घटेर १ हजार ९ सय २५ रुपैयाँमा झरेको छ।

प्रतिकृया दिनुहोस्

आदर्श मावि रंगेलीले ४१औँ वार्षिक उत्सव मनाउँदै

रविन्द्र बराल/ मोरङ, पुष २४ – मोरङको रंगेली–७ मा रहेको आदर्श माध्यमिक विद्यालय रंगेलीले आफ्नो...

रुपन्देहीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, तीन घाइते

रुपन्देही, पुष २४ – रुपन्देहीको तिलोत्तमा नगरपालिका-२, तपाहा लाइनमा बिहीबार दिउँसो दुई वटा मोटरसाइकल ठोक्किँदा...

बालेन शाह–सुदन गुरुङबीच ज्वागलमा अनौपचारिक छलफल

काठमाडौं, पुस २४ – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र काउन्सिल अफ दी जेनजीका अगुवा...

माघ ४ बाट होटल फरेष्ट इनको आइपिओ खुल्दै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो अवसर

काठमाडौं, पुस २४ – होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)...

तराईमा शीतलहर बढ्यो, जनजीवन प्रभावित

काठमाडौ -तराईका जिल्लाहरूमा बाक्लो हुस्सु र चिसो अत्यधिक बढेपछि जनजीवन प्रभावित भएको छ। बिहानैदेखि सडक...