News Portal

नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट

हिमालीसंचार संवाददाता
२२३ पटक

काठमाडौं, जेठ १ – नेपाली सुनचाँदी बजारमा बिहीबार ठूलो गिरावट देखिएको छ। लगातार स्थिर देखिएको बजारमा एक्कासि आएको यो गिरावटले व्यवसायीदेखि उपभोक्तासम्म सबैलाई चकित पारेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको नयाँ मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख ८५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मूल्य एकैदिन ३ हजार ५ सय रुपैयाँले घट्नु नेपाली बजारमा निकै ठूलो घटना मानिएको छ।

सुनको मात्र होइन, चाँदीको भाउमा पनि गिरावट आएको छ। अघिल्लो दिन प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ घटेर १ हजार ९ सय २५ रुपैयाँमा झरेको छ।

प्रतिकृया दिनुहोस्

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...