News Portal

नोबेलको शिविरबाट सुन्दरहरैंचाका ५ सय बिरामीको निःशुल्क उपचार

हिमाली संचार संवाददाता
७९५ पटक

रबिन्द्र बराल
मोरङ : नोबेल शिक्षण अस्पतालले मोरङको सुन्दरहरैंचामा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट करिव पाँच सय बिरामी लाभान्वित भएका छन् । सुन्दरहरैंचा–१० बरपिपल चौक स्थित सुकुना बाल विकास केन्द्रमा गरिएको शिविरबाट ४ सय ८३ विरामीको निःशुल्क उपचार गरिएको हो ।

शिविरमा ७१ जना बिरामीको भिडियो एक्सरे र ८५ जना विरामीको ल्यावटेष्ट गरिएको छ । हाडजोर्नी, आँखाको समस्या र दमका विरामी बढी मात्रामा शिविरमा आएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिए । उनका अनुसार शिविरबाट ग्रामिण क्षेत्रका विपन्न विरामी बढी लाभान्वित भएका छन् । गाउँ–गाउँबाट बालबालिकादेखि बृद्धबृद्धासम्म पनि शिविरमा उपचारका लागि आएका थिए । यसैवीच शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ३५ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ ।

शिविरबाट रिफर भएका विरामीलाई नोबेल अस्पतालकै गाडीमा ल्याएर ५० प्रतिशत छुटमा उपचार गरी पुनः गाउँमै पुर्याउँने व्यवस्था मिलाईने नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । गरिव तथा विपन्न विरामीलाई लक्षित गरी नोबेल शिक्षण अस्पतालले पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...