News Portal

मखनटोल आगलागी: उपप्रमुख सुनिता डंगोलको स्थलगत अनुगमन, ग्यास कम्पनी र डिलरमा पनि निगरानी बढाउने तयारी

हिमालीसंचार संवाददाता
१९९ पटक

काठमाडौं, वैशाख ३१ – काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा शुक्रबार बिहान भएको भीषण आगलागीबाट क्षति पुगेका चार घरको काठमाडौं उपमेयर सुनिता डंगोलले स्थलगत अनुगमन गरेकी छिन्।

आगलागीको सुरुवात दयाराम श्रेष्ठको चारतले घरबाट भएको थियो, जुन आगो क्रमशः छेउका अन्य तीन घरमा समेत फैलिँदा ठूलो क्षति भएको हो। घटनास्थल पुगेर डंगोलले पीडित घरधनीहरू – दयाराम श्रेष्ठ, विनोदकुमार राजभण्डारी लगायतसँग घटनाको विवरण लिएकी थिइन्।

डंगोलले आगलागीको प्रारम्भिक कारण ग्यास चुहावट हुन सक्ने बताउँदै भनिन्, “हामीले घटनास्थलको अनुगमन गरेका छौँ, प्रारम्भिक अनुमानमा ग्यास लिक भएर आगलागी भएको देखिन्छ। यस्ता घटना बारम्बार ग्यासको लापरवाहीका कारण भइरहेका छन्, त्यसैले अब हामी ग्यास कम्पनीहरू र डिलरहरूमा पनि कडाइका साथ अनुगमन गर्नेछौँ।”

महानगरपालिकाको नियमित अनुगमन कार्यलाई अझ प्रभावकारी बनाइने जानकारी दिँदै डंगोलले भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइन्।

आगलागीमा दयाराम श्रेष्ठको चारतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ भने त्यही घरमा एक महिलाको ज्यान गएको पुष्टि वडाध्यक्ष विनोदकुमार राजभण्डारीले दिएका छन्। साथै, छेउका रुकेश श्रेष्ठको पाँचतले घर र कैलाश श्रेष्ठ तथा विकास श्रेष्ठको घर पनि आगलागीबाट प्रभावित भएका छन्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...