News Portal

मरेको खसीको मासु बिक्री गर्ने दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
२०९ पटक

पोखरा, वैशाख ३१ – पोखरामा मरेको खसी काटेर मासु बिक्री गरेको आरोपमा दुई जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका–१६ मा सञ्चालित मोडेल सप्लायर्स र पोखरा लाइभ स्टोर्स एण्ड कृषि फार्ममा कार्यरत उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा ३८ वर्षीय मिलन गुरुङ र ३२ वर्षीय राम गुरुङ रहेका छन्। उनीहरूमाथि कालोबजारी तथा सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्ने काम गरेको आरोप लागिएको छ।

कास्की जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरूविरुद्ध अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता हरि बस्नेतले जानकारी दिए। घटनास्थलबाट प्रहरीले मरेको खसीको ५४ किलो मासु समेत बरामद गरेको छ।

प्रहरीका अनुसार सार्वजनिक उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता कार्यप्रति कडाइका साथ निगरानी राखिनेछ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...