News Portal

एकपटक ऐनामा हेर – कविता

हिमाली संचार संवाददाता
८३९ पटक

– ॠतु सिंह

म के बोलुँ !
लाग्छ, तिम्रो याचना देख्दा
तिम्रा मनभित्रका कलपूर्जाहरु
पक्षघात भैसकेका छ्न्,
सबै भित्रभित्रै मक्किसकेका छन्
र खिया लागिसकेका छन् ।
के तिम्रा आकाक्षांहरु मरिसके ?
जडभूत भैसके ?
तिमी यो गुच्छाजस्तो संसारलाई
गोल रोकेर विजयी गराउछु भन्ने
गोलकिपर हौ ,
तिम्रो शक्तिमा खिया लागेको छ
तिमी दुर्वल देखिएका छौ
युद्दमा हारेको सिपाही जस्तो ।
र त
तिमी मरेको विश्वास जगाउनलाई
तिमी नाजीवादी बनेका छौ
तिम्रो अनुहारमा ज्वालामुखि दन्केको छ
लक्षीमा लावा बगिरहेको छ
जस्तै हिटलरको प्रतिरुप !
तिमी युद्द लड्न र लडाउन
तयार छौ त्यसैले
सत्यलाई असत्य अनि
असत्यलाई सत्य
बनाउन खोजिरहेका छौ
तिमी पराक्रमी होइन
दुर्वल देखिएका छौ,
मनमा आशा बोकेर
फेरि
एकपटक ऐनामा हेर
अबोध बालक जो आमाको
स्तनपान गर्दै प्रफुल्ल देखिए जस्तै
आफ्नो हृदयलाई सुन्दर देख्नेछौ
सुनौलो घाममा अनन्तअनन्त
लहर बोकी चेहरामा प्रसन्नताको
श्री प्रस्फुटित रेखाहरु पाउने छौ ।
म फेरि भन्छु,
तिमी सक्छौ बने यो कमिलो जस्तै
चुनौतीप्रति सचेत, आशावादी बन

बन्नु नै छ भने कसैको
कला, सौन्दर्यले भरिपूर्ण, सृष्टि, शान्ति
अनि
मानवतावादी प्रेमी बन ! प्रेमी बन !!

भरतपुर, चितवन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...