News Portal

इमाडोलमा अचेत अवस्थामा फेला परेका युवकको अस्पतालमा मृत्यु

हिमालीसंचार संवाददाता
१७७ पटक

ललितपुर, वैशाख ३० – ललितपुरको इमाडोलस्थित एक घरमा अचेत अवस्थामा फेला परेका युवकको उपचारको क्रममा ज्यान गएको छ।

महालक्ष्मी नगरपालिका–टिकाथली निवासी ३१ वर्षीय जीवेश अधिकारी मंगलबार बिहान इमाडोलस्थित आफन्तको घरमा अचेत अवस्थामा भेटिएको प्रहरी स्रोतले जनाएको छ।

घटनापछि उनलाई तत्कालै किष्ट अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा बिहान करिब साढे ७ बजे उनको निधन भएको ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख एसपी चक्रराज जोशीले पुष्टि गरे।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा घटना शंकास्पद नरहेको जनाएको छ। मृतकको शरीर परीक्षणका लागि पठाइएको छ भने थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...