News Portal

गिरुवारी खोलाको पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट सवारी सञ्चालन

हिमालीसंचार संवाददाता
२२८ पटक

नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। गए राति क्लिङ्कर बोकेको एउटा ट्रक पुल पार गर्ने क्रममा संरचना भत्किँदा नारायणगढ–बुटवल सडक खण्डमा आवतजावत ठप्प भएको हो।

पुल भाँचिएपछि तत्काल सवारी रोकिए पनि वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिमतर्फ गएका सवारीसाधनहरू चोरमारा बजार हुँदै तम्सरिया गाउँ पार गरेर रानीटार, फूलबारी, भिउरान हुँदै अरुणखोलाको मुख्य राजमार्गमा पुगिरहेका छन्।

खोलामा पानीको बहाव नहुँदा वैकल्पिक बाटो सहज रूपमा प्रयोग गर्न सकिएको छ। यस्तै, पूर्वतर्फ जान चाहने सवारी चोरमाराको फूलबारी हुँदै दक्षिणतर्फ लागेर तम्सरिया गाउँ हुँदै पुनः राजमार्गमा फर्कन सक्ने व्यवस्था गरिएको छ।

तर, ती मार्गहरू साँघुरा र मोडयुक्त भएका कारण ठूला लरी तथा भारी सवारीसाधनहरूलाई भने वैकल्पिक बाटो प्रयोग गर्न दिइएको छैन। पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको डीएसपी नेपालले बताउनुभयो।

स्थानीयवासी तथा सवारी चालकहरूलाई असुविधा भए पनि सुरक्षा निकाय र स्थानीय प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्था लागू गरिएको छ। स्थायी समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...