News Portal

  • गिरुवारी खोलाको पुल भाँचिँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, वैकल्पिक बाटोबाट सवारी सञ्चालन

    हिमालीसंचार संवाददाता
    १२१ पटक

    नवलपुर, वैशाख ३० — पूर्व–पश्चिम राजमार्गको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) अन्तर्गत नवलपुरको चोरमारास्थित गिरुवारी खोलामा रहेको पुल भाँचिएपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। गए राति क्लिङ्कर बोकेको एउटा ट्रक पुल पार गर्ने क्रममा संरचना भत्किँदा नारायणगढ–बुटवल सडक खण्डमा आवतजावत ठप्प भएको हो।

    पुल भाँचिएपछि तत्काल सवारी रोकिए पनि वैकल्पिक मार्ग प्रयोग गरी सवारी सञ्चालनको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो। उहाँका अनुसार पश्चिमतर्फ गएका सवारीसाधनहरू चोरमारा बजार हुँदै तम्सरिया गाउँ पार गरेर रानीटार, फूलबारी, भिउरान हुँदै अरुणखोलाको मुख्य राजमार्गमा पुगिरहेका छन्।

    खोलामा पानीको बहाव नहुँदा वैकल्पिक बाटो सहज रूपमा प्रयोग गर्न सकिएको छ। यस्तै, पूर्वतर्फ जान चाहने सवारी चोरमाराको फूलबारी हुँदै दक्षिणतर्फ लागेर तम्सरिया गाउँ हुँदै पुनः राजमार्गमा फर्कन सक्ने व्यवस्था गरिएको छ।

    तर, ती मार्गहरू साँघुरा र मोडयुक्त भएका कारण ठूला लरी तथा भारी सवारीसाधनहरूलाई भने वैकल्पिक बाटो प्रयोग गर्न दिइएको छैन। पुल पूर्ण रूपमा क्षतिग्रस्त भएकाले तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नरहेको डीएसपी नेपालले बताउनुभयो।

    स्थानीयवासी तथा सवारी चालकहरूलाई असुविधा भए पनि सुरक्षा निकाय र स्थानीय प्रशासनको समन्वयमा वैकल्पिक व्यवस्था लागू गरिएको छ। स्थायी समाधानका लागि सम्बन्धित निकायलाई जानकारी गराइएको जनाइएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...

    जेनजी आन्दोलनमा मृतकको संख्या ५१ पुग्यो

    काठमाडौँ, भदौ २७ – देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा अहिलेसम्म ५१ जनाले ज्यान गुमाएका छन्।...

    नयाँ पुस्ताले हामीलाई समर्थन गरेन, कांग्रेस पुनर्गठन जरूरी : गगन थापा

    काठमाडौं, भदौ २७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी पुनर्गठन अब टार्नै नसकिने अवस्था...

    प्रधानमन्त्री कार्यालय नयाँ भवनमा सारिँदै

    काठमाडौँ, भदौ २७ – सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जीर्ण भएपछि यसको कामकाज गृह मन्त्रालयको...

    एनसेलको निःशुल्क सेवा अवधि थप

    काठमाडौं, भदौ २७ – एनसेलले आफ्ना ग्राहकलाई प्रदान गरिरहेको निःशुल्क सेवा अझै एक दिनका लागि...