News Portal

भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

हिमालीसंचार संवाददाता
२४१ पटक

काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष असर पारेको छ। पछिल्ला केही दिनयता पाकिस्तानको आकाश प्रयोग गर्न असहज भएपछि मध्यपूर्वबाट नेपाल आउने हवाईजहाजहरूले वैकल्पिक मार्ग अपनाउन थालेका छन्। यसले गर्दा उडान समयमा उल्लेखनीय वृद्धि भएको छ भने खर्च पनि बढ्न थालेको छ।

कतार, साउदी अरेबिया, युएई, कुवेत, ओमन, टर्की जस्ता देशहरूबाट काठमाडौं आउने उडानहरू अब पाकिस्तानको आकाश छोडेर वैकल्पिक बाटो हुँदै नेपाल आइरहेका छन्। यसअघि कतारबाट काठमाडौं आउन ४ घण्टा ३० मिनेट लाग्ने गरेकामा हाल उही दूरी पार गर्न ५ घण्टा १० मिनेटसम्म लाग्ने भएको छ।

एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूका अनुसार यो परिवर्तनले एकतर्फी उडानमा कम्तीमा ४० मिनेटदेखि दुई घण्टासम्म समय थपिएको छ। यससँगै विमानको इन्धन खर्च पनि उच्च बनेको छ।

नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाले हालसम्म हवाई टिकटमा प्रत्यक्ष असर नपरेको बताए। तर, युद्धजन्य परिस्थिति लम्बिँदै गयो भने हवाई भाडामा समेत प्रभाव पर्न सक्ने उनको भनाइ छ। “लागत बढ्यो भने मूल्य पनि बढ्न सक्छ, तर यात्रु संख्या घट्ने जोखिमका कारण मूल्य स्थिर रहने सम्भावना पनि छ,” थपलियाले हिमाली सञ्चारसँग भने।

विशेषज्ञहरूका अनुसार वाइडबडी विमानहरूले प्रतिघण्टा झण्डै ४ लाख रुपैयाँ बराबरको इन्धन खर्च गर्ने हुँदा समय र दूरी बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरू दबाबमा पर्ने निश्चितजस्तै छ।

अहिलेलाई यात्रुहरूलाई मूल्यमा कुनै परिवर्तन नदेखिए पनि परिस्थिति अनुसार टिकट दर समायोजन हुने संकेत देखिन थालेको छ।

प्रतिकृया दिनुहोस्

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...