News Portal

भारत–पाकिस्तान तनावका कारण मध्यपूर्वबाट नेपाल आउने हवाई मार्ग लम्बियो, भाडा बढ्ने सम्भावना

हिमालीसंचार संवाददाता
२०४ पटक

काठमाडौं, वैशाख २६ – भारत र पाकिस्तानबीच बढ्दो राजनीतिक तथा सैनिक तनावले हवाई आवागमनमा प्रत्यक्ष असर पारेको छ। पछिल्ला केही दिनयता पाकिस्तानको आकाश प्रयोग गर्न असहज भएपछि मध्यपूर्वबाट नेपाल आउने हवाईजहाजहरूले वैकल्पिक मार्ग अपनाउन थालेका छन्। यसले गर्दा उडान समयमा उल्लेखनीय वृद्धि भएको छ भने खर्च पनि बढ्न थालेको छ।

कतार, साउदी अरेबिया, युएई, कुवेत, ओमन, टर्की जस्ता देशहरूबाट काठमाडौं आउने उडानहरू अब पाकिस्तानको आकाश छोडेर वैकल्पिक बाटो हुँदै नेपाल आइरहेका छन्। यसअघि कतारबाट काठमाडौं आउन ४ घण्टा ३० मिनेट लाग्ने गरेकामा हाल उही दूरी पार गर्न ५ घण्टा १० मिनेटसम्म लाग्ने भएको छ।

एयरलाइन्स कम्पनीका प्रतिनिधिहरूका अनुसार यो परिवर्तनले एकतर्फी उडानमा कम्तीमा ४० मिनेटदेखि दुई घण्टासम्म समय थपिएको छ। यससँगै विमानको इन्धन खर्च पनि उच्च बनेको छ।

नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाले हालसम्म हवाई टिकटमा प्रत्यक्ष असर नपरेको बताए। तर, युद्धजन्य परिस्थिति लम्बिँदै गयो भने हवाई भाडामा समेत प्रभाव पर्न सक्ने उनको भनाइ छ। “लागत बढ्यो भने मूल्य पनि बढ्न सक्छ, तर यात्रु संख्या घट्ने जोखिमका कारण मूल्य स्थिर रहने सम्भावना पनि छ,” थपलियाले हिमाली सञ्चारसँग भने।

विशेषज्ञहरूका अनुसार वाइडबडी विमानहरूले प्रतिघण्टा झण्डै ४ लाख रुपैयाँ बराबरको इन्धन खर्च गर्ने हुँदा समय र दूरी बढेपछि हवाई सेवा प्रदायक कम्पनीहरू दबाबमा पर्ने निश्चितजस्तै छ।

अहिलेलाई यात्रुहरूलाई मूल्यमा कुनै परिवर्तन नदेखिए पनि परिस्थिति अनुसार टिकट दर समायोजन हुने संकेत देखिन थालेको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...