News Portal

श्वेतपत्रले खोल्यो विद्युत् प्राधिकरणको वास्तविक अवस्था : मन्त्री दीपक खड्का

हिमालीसंचार संवाददाता
१८५ पटक

काठमाडौं, वैशाख २६ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको आर्थिक तथा प्रशासनिक अवस्थाबारे यथार्थ उजागर गर्ने उद्देश्यले श्वेतपत्र सार्वजनिक गरिएको स्पष्ट पारेका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले विद्युत् प्राधिकरण घाटामा गएको हो वा होइन भन्ने जिज्ञालाई चिर्दै सो श्वेतपत्रले सम्पूर्ण तथ्य बाहिर ल्याएको दाबी गरे। “श्वेतपत्रमार्फत प्राधिकरणको वर्तमान अवस्था जनसमक्ष ल्याइएको छ, सबैले गम्भीर अध्ययन गर्नु आवश्यक छ,” मन्त्री खड्काले भने।

उनले अबको केही दिनमै प्राधिकरणको ताजा वित्तीय विवरणसहित सम्पत्ति र दायित्वको मूल्याङ्कन (ड्यू डिलिजेन्स एसेस्मेन्ट–DDA) प्रक्रिया अगाडि बढाइने जानकारीसमेत दिए।

संसद्मा श्वेतपत्रलाई लिएर उठेका प्रश्नहरूबारे उनले सांसदहरूलाई आफ्ना धारणा राख्न स्वतन्त्र भएको भन्दै, यदि आवश्यक परे संसद्ले विशेष समिति बनाएर गहन छानबिन गर्न सक्ने बताए।

मुलुकमा फेरि लोडसेडिङ फर्कने चिन्ता अस्वीकृत गर्दै मन्त्री खड्काले अब लोडसेडिङ नहुने प्रष्ट पारे। “हामी विद्युत् आपूर्ति स्थिर राख्न प्रतिबद्ध छौं,” मन्त्री खड्काको भनाइ थियो।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...