News Portal

राजसंस्थाको पक्षमा चुलिंदै जनमत, अध्यक्ष लिङ्देनको चेतावनी– ‘अब निर्णायक मोडमा पुग्छ आन्दोलन’

हिमालीसंचार संवाददाता
३१८ पटक

काठमाडौं, वैशाख २५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग लिएर देशव्यापी आन्दोलनमा उत्रिएको राप्रपाले अब आन्दोलनलाई निर्णायक मोडतर्फ लैजाने घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैशाख २५ लाई राष्ट्रवादको आन्दोलनका लागि ऐतिहासिक दिनका रूपमा उल्लेख गरे।

नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिको आयोजनामा आयोजित कार्यक्रममा लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताले मुलुकलाई अस्थिरता, अन्योल र विभाजनतर्फ डोर्याएको आरोप लगाउँदै अब नयाँ विकल्पको रूपमा ‘राजसंस्थासहितको लोकतन्त्र’लाई अघि सार्नुपर्ने धारणा राखे।

“राजसंस्था लोकतन्त्रको विरोधी होइन,” उनले भने, “आज उन्नत राष्ट्रहरूले समेत संवैधानिक राजतन्त्रलाई अंगालेका छन्, हाम्रो माग पनि त्यही हो– गणतन्त्र हटाएर जनउत्तरदायी राजसंस्था स्थापना गरौं।”

लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका सबै राजनीतिक शक्ति, नागरिक समाज र आम नागरिकलाई एउटै मोर्चामा एकजुट हुन आह्वान गरे। उनले राष्ट्रवादी आन्दोलनलाई दमन गर्न खोजेमा त्यसले थप उर्जा दिने मात्र उल्लेख गर्दै सरकारलाई शान्तिपूर्ण आन्दोलनप्रति सहिष्णु हुन आग्रह गरे।

“अब बल सरकारको कोर्टमा छ,” लिङ्देनले भने, “यदि सरकारले आन्दोलनलाई गम्भीरतापूर्वक नलिएर दमन र जालझेलको बाटो रोज्यो भने परिणाम गम्भीर हुन्छ।”

उनले राप्रपाका आगामी सबै कार्यक्रमहरू आन्दोलनको एउटा अंगका रूपमा सञ्चालन हुने जानकारी दिंदै, आन्दोलन देशव्यापी बनाउने तयारीसमेत रहेको खुलासा गरे।

यसअघि राप्रपाका वरिष्ठ नेता कमल थापाले पनि आन्दोलन तबसम्म नरोकिने घोषणा गरिसकेका छन्, जबसम्म हिन्दु राष्ट्र र राजसंस्थाको माग पुरा हुँदैन।

यो आन्दोलनसँगै मुलुकको राजनीति पुनः ध्रुवीकृत हुँदै गएको आकलन गरिएको छ। हिमाली सञ्चारले प्राप्त गरेको जानकारी अनुसार संयुक्त जनआन्दोलन समितिले निकट भविष्यमा चरणबद्ध आन्दोलनको विस्तृत खाका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...