News Portal

राजसंस्थाको पक्षमा चुलिंदै जनमत, अध्यक्ष लिङ्देनको चेतावनी– ‘अब निर्णायक मोडमा पुग्छ आन्दोलन’

हिमालीसंचार संवाददाता
१९० पटक

काठमाडौं, वैशाख २५ – हिन्दु राष्ट्र र राजसंस्थाको पुनर्स्थापनाको माग लिएर देशव्यापी आन्दोलनमा उत्रिएको राप्रपाले अब आन्दोलनलाई निर्णायक मोडतर्फ लैजाने घोषणा गरेको छ। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैशाख २५ लाई राष्ट्रवादको आन्दोलनका लागि ऐतिहासिक दिनका रूपमा उल्लेख गरे।

नवराज सुवेदीको नेतृत्वमा गठित संयुक्त जनआन्दोलन समितिको आयोजनामा आयोजित कार्यक्रममा लिङ्देनले गणतन्त्र र धर्मनिरपेक्षताले मुलुकलाई अस्थिरता, अन्योल र विभाजनतर्फ डोर्याएको आरोप लगाउँदै अब नयाँ विकल्पको रूपमा ‘राजसंस्थासहितको लोकतन्त्र’लाई अघि सार्नुपर्ने धारणा राखे।

“राजसंस्था लोकतन्त्रको विरोधी होइन,” उनले भने, “आज उन्नत राष्ट्रहरूले समेत संवैधानिक राजतन्त्रलाई अंगालेका छन्, हाम्रो माग पनि त्यही हो– गणतन्त्र हटाएर जनउत्तरदायी राजसंस्था स्थापना गरौं।”

लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा रहेका सबै राजनीतिक शक्ति, नागरिक समाज र आम नागरिकलाई एउटै मोर्चामा एकजुट हुन आह्वान गरे। उनले राष्ट्रवादी आन्दोलनलाई दमन गर्न खोजेमा त्यसले थप उर्जा दिने मात्र उल्लेख गर्दै सरकारलाई शान्तिपूर्ण आन्दोलनप्रति सहिष्णु हुन आग्रह गरे।

“अब बल सरकारको कोर्टमा छ,” लिङ्देनले भने, “यदि सरकारले आन्दोलनलाई गम्भीरतापूर्वक नलिएर दमन र जालझेलको बाटो रोज्यो भने परिणाम गम्भीर हुन्छ।”

उनले राप्रपाका आगामी सबै कार्यक्रमहरू आन्दोलनको एउटा अंगका रूपमा सञ्चालन हुने जानकारी दिंदै, आन्दोलन देशव्यापी बनाउने तयारीसमेत रहेको खुलासा गरे।

यसअघि राप्रपाका वरिष्ठ नेता कमल थापाले पनि आन्दोलन तबसम्म नरोकिने घोषणा गरिसकेका छन्, जबसम्म हिन्दु राष्ट्र र राजसंस्थाको माग पुरा हुँदैन।

यो आन्दोलनसँगै मुलुकको राजनीति पुनः ध्रुवीकृत हुँदै गएको आकलन गरिएको छ। हिमाली सञ्चारले प्राप्त गरेको जानकारी अनुसार संयुक्त जनआन्दोलन समितिले निकट भविष्यमा चरणबद्ध आन्दोलनको विस्तृत खाका सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...