News Portal

चौरजहारी नगरपालिकाको कार्यालयमा नागरिकता वितरण शिविर शुरु

हिमाली संचार संवाददाता
७७७ पटक

ज्ञानु गौतम/रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । चौरजहारी नगरपालिकाको ब्यबस्थापनमा चौरजहारी नगरपालिका कार्यालयमा नागरिकता वितरण शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन २३३ जनाले नागरिकता लिएका छन १४७ महिला ८६ पुरुष गरि जम्मा २३३ जनाले नागरिकता लियको प्रमुख जिल्ला अधिकारि सम्भु प्रसाद रेग्मिले जानकारी दिनुभयो।

कम्प्युटरबाट नागरिकता वितरण गरिएपछि सेवाग्राहीलाई छिटो–छरितो ढंगले सेवा दिईएको प्रजिअ रेग्मीले भनाई छ । उहाले शिविर मार्फत जिल्लामै पहिलो पटक कम्प्युटरबाट नागरिकता प्रदान गरिएको समेत जानकारी दिनुभयो ।

शिविरमा नागरिकता लिनका लागि आज दिनभर सेवाग्राहीको बाक्लो भीड लागेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नू भयो हामी एकदिनका लागिभनेर आएका हौ सेवाग्राहीको भिड बढेपछि एकदिन समय थपेका छौ।

शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक समेत गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पसल दर्ता, लघु उद्यमी दर्ता लगायत काम गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...