News Portal

चौरजहारी नगरपालिकाको कार्यालयमा नागरिकता वितरण शिविर शुरु

हिमाली संचार संवाददाता
७४२ पटक

ज्ञानु गौतम/रुकुम : जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले गाउँमै पुगेर नागरिकता वितरण गरेको छ । चौरजहारी नगरपालिकाको ब्यबस्थापनमा चौरजहारी नगरपालिका कार्यालयमा नागरिकता वितरण शिविर सञ्चालन गरिएको हो ।

शिविरको पहिलो दिन २३३ जनाले नागरिकता लिएका छन १४७ महिला ८६ पुरुष गरि जम्मा २३३ जनाले नागरिकता लियको प्रमुख जिल्ला अधिकारि सम्भु प्रसाद रेग्मिले जानकारी दिनुभयो।

कम्प्युटरबाट नागरिकता वितरण गरिएपछि सेवाग्राहीलाई छिटो–छरितो ढंगले सेवा दिईएको प्रजिअ रेग्मीले भनाई छ । उहाले शिविर मार्फत जिल्लामै पहिलो पटक कम्प्युटरबाट नागरिकता प्रदान गरिएको समेत जानकारी दिनुभयो ।

शिविरमा नागरिकता लिनका लागि आज दिनभर सेवाग्राहीको बाक्लो भीड लागेको बताईएको छ । प्रमुख जिल्ला अधिकारी रेग्मीले भन्नू भयो हामी एकदिनका लागिभनेर आएका हौ सेवाग्राहीको भिड बढेपछि एकदिन समय थपेका छौ।

शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली संकलन तथा अद्यावधिक समेत गरेको छ । त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले पसल दर्ता, लघु उद्यमी दर्ता लगायत काम गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...