News Portal

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँमा एटिएम सेवा शुरु

हिमाली संचार संवाददाता
१००७ पटक

बिमला ढकाल
बर्दिया :  राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँ बजारले मंगलबारबाट एटिएम सेवा शुरु गरेको छ । ग्राहकहरुको मागलाई मध्येनजर गर्दै बैकले मंगलबारबाट एटिएम सेवा शुरु गरेको हो । बैकले मंगलबार उद्धघाटन समारोहको आयोजना गरी एटिएम सेवा शुरु भएको जानकारी दिएको छ ।

ठाकुरबाबा नगरपालिकाका प्रमुख घननारायण श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैँक क्षेत्रिय कार्यालयका प्रमुख आनन्द सुवेदिले संयुक्त रुपमा दिवप्रज्वल गरी रिबन काटेर एटिएम सेवाको उद्धघाटन गर्नुभएको हो ।

पछिल्लो समय बैंकहरु शहर केन्द्रीत भैरहेका बेला बाणिज्य बैंकले एटिएम सहित ठाकुरबाबा नगरपालिकामा सेवा प्रदान गरेकोमा नगरप्रमुख श्रेष्ठले खुशी ब्यक्त गर्नुभएको छ । यस्तै उहाँले पर्यटकिय स्थल ठाकुरबाबा नगरपालिको बिकासका लागी एटिएमले सहयोग पुर्याउने भएकाले ठाकुरबाबा नगरपालिका बैंकसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । एटिएम सेवा शुरु भएसंगै ठाकुरबाबा नगरपालिका भित्र पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमणका लागी आउने पर्यटकहरुलाई केहि हदसम्म भए पनि सहज हुनेमा बिश्वास लिइएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यलय भुरीगाउँका शाखा प्रबन्धक तुलबहादुर सुनारको अध्यक्षतामा सम्पन्न भएको एटिएम उद्धघाटन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो भने राष्ट्रिय वाणिज्य बैँक क्षेत्रिय कार्यालयका प्रमुख आनन्द सुवेदिको विशिष्ट आथित्यता रहेको थियो ।

यस्तै एटिएम उद्धघाटन कार्यक्रममा वाणिज्य बैँक क्षेत्रिय कार्यालयका उप प्रबन्धक राधेश्याम योगी, बिभिन्न बैंकका प्रमुख तथा प्रतिनीधि, ईलाका प्रहरी कार्यालयका प्रमुख, वडा नम्बर १ का वडाध्यक्ष, भुरीगाउँ क्षेत्रका व्यापारी लगाएतको उपस्थिती रहेको रेडियो टाईगरले समाचारमा जनाएको छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...