News Portal

  • प्रधानमन्त्री ओलीको आग्रह : “शिक्षकका जायज माग सुन्न सरकार तयार छ, वार्ताबाट समाधान खोजौं”

    संगीता गुरुङ
    १२३ पटक

    काठमाडौं, वैशाख ८ – प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनमा रहेका शिक्षकहरूलाई वार्ताको टेबलमा आउन आह्वान गरेका छन्। उनीहरूले राखेका जायज मागप्रति सरकार सकारात्मक रहेको भन्दै प्रधानमन्त्रीले संवादमार्फत समस्याको समाधान गर्न आग्रह गरेका हुन्।

    काठमाडौंमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्पष्ट शब्दमा भने, “सरकार शिक्षकहरूका मागप्रति नकारात्मक छैन। जुन मागहरू सम्भव छन्, ती सबै पुरा गर्न हामी तयार छौं। कृपया आन्दोलन अन्त्य गरेर वार्तामा बस्नुस् र आ–आफ्नो जिम्मेवारीमा फर्किनुस्।”

    सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न मागहरू राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका छन्। आन्दोलन चुलिँदै जाँदा चैत २५ गतेदेखि उनीहरूले आम शैक्षिक हड्तालसमेत घोषणा गरेका थिए। यसले वैशाखदेखि सुरु भएको नयाँ शैक्षिक सत्र, विद्यार्थी भर्ना अभियान, एसईई उत्तरपुस्तिका परीक्षण लगायतका महत्त्वपूर्ण कार्यहरू प्रभावित भएका छन्।

    प्रधानमन्त्री ओलीले आन्दोलनले शिक्षकमात्र होइन, सबैभन्दा बढी विद्यार्थी र अभिभावकलाई असर पारिरहेको बताएका छन्। “शिक्षक साथीहरूलाई आन्दोलनबाट कुनै ठोस फाइदा छैन, तर विद्यार्थीको भविष्यमा ठूलो क्षति हुँदैछ। त्यसैले म पुनः आग्रह गर्छु, वार्तामा आउनुस्, समाधान खोजौं,” उनले भने।

    यसअघि शिक्षक महासंघका नेताहरूले प्रधानमन्त्री, सभामुख, र शिक्षामन्त्रीसँग पटकपटक छलफल गरेका थिए तर अझैसम्म औपचारिक सहमति जुट्न सकेको छैन। यसै सन्दर्भमा प्रधानमन्त्रीले आन्दोलन त गर्ने तर वार्ता नगर्ने भन्ने कुरा आफूलाई अनौठो लागेको पनि बताए। “मैले त अनौठो कुरा सुनेँ—आन्दोलन गर्छन् तर वार्ता गर्दैनन्! यस्तो शैलीले कसरी समाधान हुन्छ?” प्रधानमन्त्रीको प्रश्न थियो।

    प्रधानमन्त्रीको यस अभिव्यक्तिपछि अब आन्दोलनरत शिक्षकहरूले कस्तो निर्णय लिन्छन् भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ। सरकार संवादका लागि खुला रहेको अवस्थामा सहमतिका लागि पहल कत्तिको सार्थक हुन्छ भन्ने कुराले अबको दिशा तय गर्ने देखिन्छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २८ गतेको राशिफल

    आज असोज २८, २०८२ (अक्टोबर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    तेन्जेन दावा पक्राउ: जेनजी आन्दोलनको होइन, पुरानो भिडियो भएको खुलासा

    काठमाडौं, असोज २७ – काठमाडौंको बिजुलीबजारस्थित पुलमा पेस्तोल बोकेको भाइरल भिडियोको बारेमा प्रहरी अनुसन्धानले नयाँ...

    राष्ट्र बैंकले गर्यो डिजिटल भुक्तानी प्रणाली सुधारको रोडम्याप सार्वजनिक

    काठमाडौँ, असोज २७ – नेपाल राष्ट्र बैंकले देशको डिजिटल भुक्तानी प्रणालीलाई अझ सुरक्षित, समावेशी र...

    नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह लागू गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं, असोज २७ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी, निजी, सामुदायिक अस्पताल र मेडिकल...

    इजरायलमा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी जीवित नरहेको पुष्टि

    काठमाडौं, असोज २७ – गत वर्ष हमास लडाकु समूहद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशी...