News Portal

बजगाईं जस्तो पो मेयर !

५९२ पटक

योगेश रावल/टीकापुर – कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईं फेरि एकपटक चर्चामा आएका छन्। बेलाबेला विभिन्न जनमुखी काम गरेर चर्चामा आइरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन।

तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि खर्च गर्ने निर्णय गराएका हुन्। उनले गाडी किन्ने रकममा अन्य शीर्षकबाट झिकेर १५ लाख रुपैयाँ थप गरी अस्पताल निर्माणमा लगाउने निर्णय गरेका छन्।

मंसिर ९ गते बसेको कार्यपालिका बैठकले नगरपरिषद्को निर्णय परिवर्तन गरेको हो। नगरसभाले कार्यपालिकालाई शीर्षक परिवर्तन गरेर खर्च गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको थियो। सोही अधिकार प्रयोग गरेर मेयर बजगाईंले यस्तो निर्णय गर्न प्रस्ताव गरेका थिए।

गाडी चढ्ने कुराभन्दा नगरबासीको स्वास्थ्य समस्या ठूलो भएकाले यस्तो निर्णय गरेको उनले बताए। ‘मैले गाडी चढ्नुभन्दा ठूलो नगरबासीको स्वास्थ्य हो,’ उनले भने, ‘नगरबासीको सुविधाका लागि बरु म पैदल हिंड्न तयार छु।’

नगरपालिकाको पहलमा एक सय शैयाको सामुदायिक अस्पताल बनाउन लागिएको छ। नगरपालिकाले नै अस्पताल निर्माणको अगुवाइ गरेको छ। मेयर बजगार्इंले अस्पताल निर्माणका लागि डिपिआर तयार भइरहेको जानकारी दिए।

अस्पताल निर्माणका लागि चुहास्थित नवजागृति माविले २ विगाह ७ कठ्ठा जमिन निःशुल्क उपलब्ध गराएको छ। विद्यालय व्यवस्थापन समिति र वडा कार्यालयले अस्पताल निर्माणका लागि निःशुल्क जमिन उपलब्ध गराउने निर्णय गरेको लम्कीचुहा नगरपालिकाका प्रवक्ता विष्णु खनालले जानकारी दिए। उनले सोही जमिनसँग रहेको २ विगाह १० कठ्ठा ऐलानी जग्गासमेत अस्पतालले उपभोग गर्न पाउने गरी सहमति भएको बताए।

अस्पताल निर्माणका लागि कैलाली क्षेत्र नम्बर २ का सांसद झपटबहादुर रावलको सांसद विकास कोषबाट १ करोड १० लाख रुपैयाँ छुट्याइएको छ। अपुग रकम नगरपालिकाको पहलमा जुटाउने तयारी छ।

नगरपालिकासँग से १ झ २३३ नम्बरको एउटा गाडी छ। यो गाडी मेयरले प्रयोग गर्दै आएका छन्। सोही गाडी नगरपालिकाको अन्य कामकाजमा समेत प्रयोग हुने गरेको छ। गाडी किन्ने रकम अस्पताललाई दिने निर्णय गरेपछि मेयर बजगाईं यतिबेला सामाजिक सञ्जालमा छाएका छन्। सबैले उनको प्रशंसा गरिरहेका छन्।

देशका अधिकतर स्थानीय तहका प्रमुखले आर्थिक अनियमितता गरेको भन्दै आलोचना भइहेका बेला मेयर बजगाईं उदाहरणीय बनेका छन्। उनको कार्यको सिको गर्न जनताले अन्य स्थानीय तहका प्रमुखलाई सामाजिक सञ्जालमार्फत सुझाव दिइरहेका छन्। नागरिकन्युज

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...